Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

‘सन्तापको धून’ को परिचर्चा पोखरामा

  • ४ वर्ष अगाडि

गण्डकी, ४ असोज । कथाकार डा अशोक थापाको कथा सङ्ग्रह ‘सन्तापको धून’ को पोखरामा परिचर्चा गरिएको छ । पोखरेली साहित्यकारको संस्था पुछारसिटे अभियानद्वारा आयोजित परिचर्चाका सहभागीले सन्तापको धूनमा सङ्गृहीत कथाले नेपाली समाजको चित्रण गरेको बताउनुभयो ।

साहित्यकार सरुभक्तले कुनै पनि साहित्यकारको कृति प्रकाशित भइसकेपछि उक्त लेखक अभियुक्तका रूपमा उभिने, अधिवक्ताका रूपमा पाठकले विभिन्न बहस गर्ने र समालोचकले फैसला गर्ने बताउनुभयो ।

समालोचकले नजिक र टाढाको लेखकलाई हेरेर कसैलाई गाली बर्साउने त कसैलाई देवत्वकरण गर्ने गरेको वर्तमानलाई सङ्केत गर्दै उहाँले समालोचकले पछिल्लो समय न्यायाधीशको झैँ निष्पक्ष भूमिका निर्वाह गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । समालोचकले आफ्नो कार्यमाथि पनि समालोचना हुन्छ भन्ने सत्यलाई सधैँ आत्मसात् गर्दै कृतिमाथि निष्पक्ष दृष्टिकोण प्रस्तुत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पुस्तकमाथि समीक्षा गर्दै प्रा डा रामचन्द्र पोखरेलले लेखकले नेपाली समाजको आफ्नो युगको यथार्थ चित्र प्रभावकारी ढङ्गबाट प्रस्तुत गरेको बताउनुभयो । पुस्तकले मानवीय संवेदनालाई स्पर्श गर्दै नवीनता पस्कन सकेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

आख्यानकार गनेस पौडेलले लेखनशैलीले आफूलाई प्रभावित तुल्याएको कृतिमा नेपाली कथाको किस्सा शैलीलाई कलात्मकरूपमा प्रस्तुत गरिएको बताउनुभयो । कथामा समालोचकीय व्यक्तित्वको प्रभावले कथानकमा असर परेको भन्दै उहाँले आगामी कृतिमा त्यसलाई कम गर्न सुझाव दिनुभयो ।

समीक्षक रीता अधिकारीले पुस्तकमा आमाको कथा, पुरुष सत्ताको हैकम आदि विषयलाई निकै मर्मस्पर्शी ढङ्गबाट उठाइएको बताउनुभयो । नारीले भोग्ने पीडा, नारीमाथिका विभेद, विद्यालयीय प्रेमलगायतका सन्दर्भलाई सुन्दर भाषामा कथामा प्रस्तुत गरिएकाले कृति पठनीय बनेको उहाँले बताउनुभयो ।

लेखक थापाले पहिले ठूलाठूला विषय खोज्दै हिँड्दा लामो समयसम्म साहित्य सिर्जना गर्न नसकेको अनुभव सुनाउनुभयो । ‘सन्तापको धून’ कथा सङ्ग्रहको प्रकाशक संस्था पेज टर्नरका प्रबन्ध निर्देशक भरत पौडेलले प्रकाशनका क्षेत्रमा बामे सर्दै गरेको संस्थाले सुन्दर कृतिलाई पहिलो कृतिका रूपमा पस्कन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुछारसिटे अभियानका तर्फबाट सुरज उपाध्याय, सन्दीप अधिकारी र सञ्जीव पौडेलले सन्तापको धून नेपाली कथाका क्षेत्रमा अर्को महत्वपूर्ण सम्पत्तिका रूपमा रहेको धारणा राख्नुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पुस्तक समीक्षा : राज्यस्तरबाट योगमायाको मूल्याङ्कन माग

मुटुरोग उपचारको इतिहास र आधिकारिक दस्तावेज

वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमाटन’ अङ्ग्रेजीमा

‘सङ्कलित गद्यरचना’: भाषिका चमत्कार र इतिहासको दस्तावेज

दृश्य र अदृश्य कुराहरु

‘एक बागी’माथि विमर्श

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

तेस्रो आदर्श कप : पहिलो दिनका खेल सकिए

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com