Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

मोबाइलमा ई-सिम राख्नुअघि चल्ने/नचल्ने यकिन गर्न आग्रह

  • २ महिना अगाडि

काठमाडौँ । नेपाल टेलिकमले पर्याप्त तयारीपछि ग्राहकलाई ई–सिम वितरण गरेको बताइरहँदा कतिपय मोबाइलमा ई–सिमको सफ्टवेयर इन्स्टल गरेपछि डिभाइस नै बिग्रने समस्या देखिएको छ । आफ्ना मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिम राख्न हाल कम्पनीले सेवाग्राहीलाई आग्रह गरेको छ ।

केही सेवाग्राहीले ई–सिम राख्दा फोनबाट आईएमईआई नम्बर हराएको र मोबाइल डिभाइस नै करप्ट (बिग्रिने) भएको गुनासो गरेका थिए । विशेषत: गुगलका पिक्सेल फोनमा यस्तो समस्या देखिएपछि प्रयोगकर्ताले पिक्सेल हेल्प कम्युनिटीमा समेत जिज्ञाशा राखेका थिए । प्रत्येक डिभाइसमा परीक्षण सम्भव नभएकाले यस्तो हुन सक्ने टेलिकमले बताएको थियो ।

‘मोबाइल सेटमा ई–सिम इन्स्टल गर्न क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ,’ कम्पनीले हालै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिम प्रयोग गर्न अनुरोध छ ।’ यद्यपी, त्यो बेला टेलिकमका ग्राहक सेवा केन्द्रमा टाँसिएको ‘ई–सिम सर्पोटेड ह्यान्डसेट’ को सूचीमा रहेकै फोन सेटमा पनि समस्या देखिएको थियो ।

कम्पनीले हाल देशका सम्पूर्ण दूरसञ्चार कार्यालयहरूबाट ई–सिम वितरण गरिरहेको जानकारी दिएको छ । कम्पनीले भदौ ३१ गतेदेखि काठमाडौंको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ई–सिम वितरण सुरु गरेको हो । पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहेका पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकले सिम परिवर्तन गर्न चाहेमा कम्पनीले नि:शुल्क ई–सिम उपलब्ध गराइरेहको जनाएको छ ।

यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्छ । यसरी डायल गर्दा EID लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ । त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा ‘एड मोबाइल प्लान’ वा ‘एड डाटा प्लान’ भन्ने अप्सन देखियो भने पनि त्यसमा सामान्यत: ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

खानीगाउँमा फोरजी सेवा सञ्चालन

हलो ब्रिक प्रविधिमा नवीनतम् थालनी

असामाजिक बन्दै गएका सामाजिक सञ्जाल

डिजिटल प्रविधिले सेवा प्रवाह सहज

मोबाइलमा ई-सिम राख्नुअघि चल्ने/नचल्ने यकिन गर्न आग्रह

टिकटकमा बढ्न थाल्यो पाइरेसी

ताजा समाचार

जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
सूनको मूल्य घट्यो
सूनको मूल्य घट्यो
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
एशियन हाइड्रोपावरको आइपिओ आउँदै
एशियन हाइड्रोपावरको आइपिओ आउँदै

ट्रेन्डिङ

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki