Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

हुम्लामा हवाई सेवा अवरुद्ध

  • ४ वर्ष अगाडि

सिमकोट, २२ पुस। हिमाली जिल्ला हुम्लामा हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।

नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन् । जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि दुई दिनदेखि जिल्ला बाहिर जानका लागि उडान हुन नसक्दा हातमा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका छन् । हवाई सेवा बन्द हुँदा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रुसहित कार्गो सामान रोकिएका छन् ।

हुम्लादेखि नेपालगञ्ज र सुर्खेत जाने यात्रु तथा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ ।

यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुनसकेको छैन । घाम लागेपछि दिनहुँ बिहान ८÷९ बजेपछि मात्र उडान हुँदै आएकोमा बिहीबारदेखि हावाहुरी चल्दा हवाई सेवा अवरुद्ध हुन पुगेको हो । नेपालगञ्जबाट हुम्लाका लागि तारा, समिट एयरका जहाजले उडान भर्दै आएका छन् । नेपालगञ्जबाट हुम्ला पुग्न जहाजलाई करिब ४५ मिनेट समय लाग्छ । हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी रोकिएको छ । यात्रु सिमकोटमै अलपत्र परेका छन् । नेपागञ्जमा हुस्सु लागेका कारणसमेत हुम्लामा उडान हुन नसकेको हो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ताजा समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com