Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आलेखः आत्मनिर्भरतर्फ अग्रसर ‘फुटवेयर’ उद्योग

  • कमलकुमार बस्नेत/सिबी अधिकारी
  • ३ वर्ष अगाडि

काठमाडौँ, २२ पुस । आयातमा आश्रित अर्थतन्त्र भएको नेपालमा पछिल्लो समय ‘फुटवेयर’ अर्थात् जुत्ता चप्पलमा भने आत्मनिर्भर बन्दै गएको छ । पछिल्ला केही वर्षयता नेपाली उत्पादनको स्वदेश र विदेशमा समेत माग र खपत बढ्न थालेपछि मुलुक जुत्ता चप्पल उद्योगमा आत्मनिर्भरतर्फ अग्रसर भएको हो ।

जुत्ता उत्पादक सङ्घ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपाली उद्योगबाट वार्षिक पाँच करोड ६५ लाख जोर जुत्ता उत्पादन भइरहेका छन् । एक जना नेपालीले वर्षमा तीन जोर जुत्ता प्रयोग गर्ने औसत तथ्याङ्कका आधारमा सङ्घले आगामी पाँच वर्षमा स्वदेशी उत्पादनको हिस्सा ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

नेपाली उद्योगबाट २०७४ सालमा वार्षिक तीन करोड ३९ लाख जोर जुत्ता उत्पादन भएकामा त्यसयताको पाँच वर्षमा ६६ दशमलव ६६ प्रतिशतले उत्पादन बढिसकेको छ । सङ्घका अनुसार नेपालमा वार्षिक नौ करोड जोर जुत्ता चप्पलको माग छ । “नेपाली उद्योगसँग वार्षिक १६ करोड जोर जुत्ता उत्पादनको क्षमता भए पनि अहिले भइरहेको उत्पादनले ६५ प्रतिशत माग धानिरहेको छ”, उहाँले भन्नुभयो, “अब हामीले स्वदेशी उत्पादनको खपत र निर्यात बढाउँदै जानुपर्छ ।”

सङ्घले आगामी तीन वर्षमा जुत्ता चप्पलमा प्रयोग हुने ८० देखि ९० प्रतिशत कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने गरी काम गरिरहेको छ । दक्ष जनशक्तिको अभाव र जुत्ताको अनियन्त्रित आयात, न्यून विजकीकरण र चोरी पैठारीका कारण स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।”

हाल नेपालमा साना, ठूला र मझौला गरी एक हजार पाँच सयभन्दा बढी उद्योग सञ्चालनमा छन् । यसमा ठूला र मझौला गरी दुई सय २९, परम्परागत शिल्पीमा आधारित एक हजार ७२ र हस्तकलामा आधारित दुई सय उद्योग छन् । यस क्षेत्रमा भएको कुल रु ३० अर्बभन्दा बढीको लगानीमध्ये रु चार अर्ब बैंक तथा वित्तीय संस्थाको ऋण रहेको छ । सङ्घका अनुसार धेरैजसो ठूला र मझौला उद्योगहरु काठमाडौँ, विराटनगर, वीरगञ्ज, बुटवल र भैरहवामा सञ्चालित छन् भने २०७४ सालपछि उद्योग स्थापना हुने क्रम बढेको छ ।

नेपालमा २०२२ जेठ २० मा चिनियाँ सहयोगमा बाँसबारी छाला जुत्ता कारखाना स्थापना भएपछि व्यावसायिकरुपमा छालाजन्य वस्तु र जुत्ता चप्पल उत्पादन सुरु भएको थियो । त्यसअघि परम्परागत रुपमा भइरहेको उत्पादनले उपभोक्ताको आंशिक मागलाई मात्रै धानेको अवस्था थियो । विसं २०४६ पछि सुरु भएको औद्योगीकरणमा निजी क्षेत्रको प्रवेशसँगै यसले व्यावसायिकता हासिल गरेको थियो ।

अध्यक्ष घिमिरेले भन्नुभयो, “राज्यले सामान्य सहयोग गर्ने हो भने तीन वर्षमा फुटवेयर उद्योगले ८० प्रतिशत ‘भ्यालु एड’ गर्न सक्षम हुनेछ ।” उहाँले जुत्ता चप्पलमा प्रयोग हुने कच्चा पदार्थ आयातमा पूर्ण कच्चा पदार्थको हकमा पाँच प्रतिशत, दोस्रो तहको कच्चा पदार्थमा १५ प्रतिशत र पूर्ण तयारी अपरलाई ३० प्रतिशत कर लगाउनुपर्ने बताउनुभयो । “एक दशकअघिसम्म पाँचदेखि १० प्रतिशत मात्रै कच्चा पदार्थ प्रयोग हुने गरेकामा त्यो बढेर अहिले ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ प्रयोग भइरहेको सङ्घले जनाएको छ । सङ्घका अनुसार जुत्तामा ३६ प्रकारका कच्चा पदार्थ प्रयोग हुने र कुल ६० प्रतिशत कच्चा पदार्थ विदेशबाट आयात हुने गरेको छ ।

सङ्घका प्रवक्ता त्रिलोक श्रेष्ठले पछिल्लो समय विश्व बजारमा अत्याधुनिक मानिएका प्रविधि भित्र्याउन थालिएपछि नेपाल उत्पादनको लागत अन्य मुलुकको भन्दा सस्तो पर्न गएको बताउनुभयो । जुत्ता चप्पल उद्योगमा हाल संलग्न ५५ हजारमध्ये ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत विदेशी कामदार कार्यरत रहेको सङ्घको भनाइ छ । कूल कामदारमध्ये एक तिहाइ महिला कामदार रहेको सङ्घको भनाइ छ ।

सङ्घका अनुसार हाल नेपालमा उत्पादित जुत्ता १८ वटा मुलुकमा निर्यात भइरहेको छ । मुख्यतया नेपाली उत्पादनको माग भारत, मलेसिया, युरोपेली राष्ट्रमा बढ्दै गएको छ भने अमेरिकामा समेत निर्यात भइरहेको उहाँको भनाइ छ । “सरकारले पछिल्लो समय निर्यातमा अनुदान दिन थालेपछि उद्योगलाई प्रोत्साहन मिल्नुका साथै आर्थिक रुपमा पनि केही राहतको महसुस भएको छ”, उहाँले भन्नुभयो, “सरकारी नीतिअनुसार कुनै एक उद्योगीले वार्षिक रु ५० करोडभन्दा बढीको निर्यात गरेमा आठ प्रतिशत अनुदान प्राप्त हुनेछ ।”

सङ्घका निवर्तमान अध्यक्ष कृष्णकुमार फुँयालले नेपाल जुत्ता चप्पल उत्पादनमा आत्मनिर्भर हुन समय नलाग्ने भन्दै कच्चा पदार्थ र विदेशबाट आयात हुने जुत्तामा लगाइने भन्सार करमा धेरै भिन्नता नहुँदा विदेशी जुत्तासँग प्रतिस्पर्धा गर्न गाह्रो भएको बताउनुभयो । सङ्घले जुत्ता चप्पलमा भइरहेको चोरी पैठारीलाई निरुत्साहित गर्नसके जुत्ता चप्पल उत्पादनमा मुलुक आत्मनिर्भरतर्फ अग्रसर हुने भन्दै यसका लागि राज्यले सहयोग गर्नुपर्ने माग गरेको छ ।

सङ्घका उपाध्यक्ष सुरज बञ्जाडे हाल भइरहेको जुत्ता चप्पल निर्यातलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको बताउनुहुन्छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत स्वदेशी उत्पादन निर्यातमा आठ प्रतिशत नगद अनुदानको दिने घोषणा गरेको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी उत्पादनको निर्यात सुधारका लागि सिमेन्ट, क्लिङ्कर, स्टील, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित व्यवसायलगायतमा आठ प्रतिशत नगद अनुदानको व्यवस्था गर्नुभएको थियो ।

सङ्घका अनुसार आर्थिक वर्ष २०७७/७८ मा चार करोड ११ लाख ४६ हजार एक सय ११ जोर जुत्ता आयात भएको थियो भने सो वर्ष २७ लाख ६४ हजार छ सय ४३ जोर निर्यात भएको थियो । त्यस्तै आव २०७६/७७ मा दुई करोड २० लाख ८८ हजार ७६२ जोर जुत्ता आयात भएको थियो ।

सङ्घका संस्थापक अध्यक्ष सुरेन्द्र दाहालका अनुसार वार्षिक १६ करोड जोर उत्पादन क्षमता भए पनि माग भने वार्षिक नौ करोड जोर जुत्ताको रहेको छ । “कूल ३६ प्रकारका कच्चा पदार्थको सम्मिश्रणबाट जुत्ता तयार हुन्छ भने यसले सहायक उद्योगहरु समेत स्थापना गर्न सकिन्छ”, उहाँले भन्नुभयो । छालाजन्य उद्योगको समग्र विकासका लागि आवश्यक प्रविधि, तालिम निर्यात प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रम सञ्चालन आवश्यक रहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

ट्रेन्डिङ

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com