Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

उच्च निर्यात सम्भावना रहेको जुत्ताचप्पल उद्योग किन कमजोर ?

  • हेमन्त जोशी
  • ३ वर्ष अगाडि

काठमाडौँ, २२ पुस । सरकारले जुत्ताचप्पल (फुटवेयर) उद्योगलाई उच्च निर्यात सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेटमा सरकारले निर्यात सम्भावना भएका उत्पादनहरूको सूचीमा जुत्ताचप्पल उद्योगलाई पनि राखेको छ ।

चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाअनुसार नेपालका लागि क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधि उच्च निर्यात सम्भावना भएका वस्तु हुन् । यी वस्तुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था सरकारले बजेटमा राखेको छ ।

जुत्ताचप्पलको निर्यातमा अनुदान दिने नीति सरकारले लिएको भए पनि त्यसका लागि व्यावसायिक वातावरण भने बनाउन नसकेको व्यवसायीहरूको भनाइ छ । स्वदेशी उत्पादनको संरक्षण र बजार बिस्तारका लागि सरकारी पहल हुन नसकेको जुत्ता उत्पादक सङ्घ नेपालका अध्यक्ष नानिराज घिमिरे बताउनुहुन्छ । “सरकारले निर्यातमा अनुदान दिने त भन्यो तर त्यसका लागि हामीले कुनै सहयोग पाएनौँ । सरकारको नीति सकारात्मक भए पनि व्यवहारमा हामीले अनुभूत गर्न सकेका छैनौँ”, घिमिरेले भन्नुभयो । नेपाली जुत्ताचप्पलको उत्पादन लागत बढी हुने भएका कारण विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिएको उहाँको भनाइ छ । बैंकको उच्च ब्याजदर, कच्चा पदार्थमा उच्च भन्सार दर, चोरी पैठारी, न्यून बिजकीकरणलगायतका समस्या रहेको घिमिरेले बताउनुभयो ।

सरकारले जुत्ता चप्पलको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने भने पनि अधिकांश नेपाली उत्पादकले यस्तो अनुदान लिन नसकेको घिमिरे स्वीकार्नुहुन्छ । “आठ प्रतिशतसम्म नगद अनुदान लिनका लागि धेरै उत्पादकहरूका कारोबार रकम नै पुग्दैन । तर तीनदेखि पाँच प्रतिशतसम्म अनुदान लिइरहेका उत्पादकहरू अहिले पनि छन्”, उहाँले भन्नुभयो । फुटवेयर उद्योगको उत्पादन बढाउने र निर्यातमार्फत् अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने क्षेत्र रहे पनि अनेकौँ समस्या यो क्षेत्रले खेप्नु परेको उहाँको भनाइ छ ।

“आन्तरिक बजार समस्यामा पर्नुको मुख्य कारण चोरी पैठारी हो । दक्ष कामदार छैनन् । फुटवेयरसँग सम्बन्धित पाठ्यक्रम छैन । हाम्रो समाजले नै जुत्ताचप्पल व्यवसायलाई सम्मानित पेसाका रूपमा लिएको देखिँदैन । बाहुन क्षेत्रीले जुत्ता बनाएको वा बेचेको भनेर सामाजिक प्रतिष्ठासँग जोडिन्छ”, अध्यक्ष घिमिरेले भन्नुभयो । भन्सार विभाग र आन्तरिक राजस्व विभागले सीमा नाकामा कडाइ गरेर बजार अनुगमनलाई प्रभावकारी बनाउन सके चोरी पैठारी रोकिने उहाँको भनाइ छ ।

अहिले राजधानीको भृकुटीमण्डपमा १६ औँ अन्तर्राष्टिय फुटवेयर औद्योगिक प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा स्वदेशी जुत्ताचप्पल व्यवसायसँग सम्बन्धित उद्योगी, थोक तथा खुद्रा बिक्रेता सहभागी छन् । शुक्रबार आफ्नो कम्पनी युनाइटेड फुटवेयर इन्ड्रस्टिजको स्टलमा भेटिनुभएका सदाब अख्तर अहिले जुत्ता चप्पलको कच्चा पदार्थ उत्पादनमा पनि नेपाल आत्मनिर्भरको बाटोमा रहेको बताउनुहुन्छ । “हामीले विगत २५ वर्षदेखि नेपालमा छाला उत्पादन गर्दै आएका थियौँ । छालाका जुत्ता चप्पल बनाउनका लागि नेपालमै गुणस्तरीय र पर्याप्त कच्चा पदार्थ उत्पादन भइरहेको छ”, अख्तरले भन्नुभयो ।

विदेशबाट कच्चा पदार्थ आयात गरेर नेपालमा जुत्ता चप्पल बनाउँदा त्यसमा हुने मूल्य अभिवृद्धि ५० प्रतिशतसम्म छ । “अहिले नेपालमा उत्पादन हुने जुत्ताचप्पलको ४० देखि ५० प्रतिशत कच्चापदार्थ नेपालभित्रै उत्पादन हुन्छ । विदेशबाट कच्चा पदार्थ ल्याउने र त्यसलाई फाइनल प्रोडक्ट बनाउने हो भने ५० देखि ६० प्रतिशतसम्म मूल्य अभिवृद्धि (भ्यालु एड) हुन्छ”, जुत्ता उत्पादक सङ्घका अध्यक्ष घिमिरेले भन्नुभयो ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालको तथ्याङ्कअनुसार हाल नेपालमा बिक्री हुने जुत्ताचप्पलजन्य सामानमध्ये करिब ५० प्रतिशत नेपालभित्रकै उत्पादन हो । अर्थात् अहिले नेपालमा बिक्री हुने जुत्ताचप्पलमध्ये स्वदेशमै उत्पादित र आयातितको हिस्सा समान छ । नेपालभरका डिलर, थोक, खुद्रा व्यवसायीमार्फत बिक्रीवितरण बढाएर त्यसलाई ७५ प्रतिशतसम्म पु¥याउने लक्ष्य राखिएको एसोशिएसनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

ट्रेन्डिङ

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com