Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

डिजिटल प्रविधिले सेवा प्रवाह सहज

  • ४ वर्ष अगाडि

भोजपुर, २७ पुस । भोजपुरका मालपोत तथा नापी कार्यालयमा सुरु भएको डिजिटल प्रविधिले सेवा प्रवाहमा सहज बनाएको छ । सरकारले लागु गरेको भूमिसम्वन्धी डिजिटल प्रविधि सेवा प्रभावकारी बनेसँगै यहाँबाट प्रवाह हुने सेवामा चुस्तता आएको हो ।

यो प्रविधिबाट काम छिटो छरितो र पारदर्शी हुँदा नागरिकमा सेवाप्रति विस्वास बढेको छ । यहाँको भूमि सम्बन्धी सम्पूर्ण विवरण अनलाइनमा रहने भएकाले आवश्यक परेको बेलामा सहजरुपमा विवरण पाउन सकिने स्थानीयवासीको भनाइ थियो । प्रविधिको प्रयोगले नागरिकले पनि सहजरुपमा सेवा पाउन थालेका छन् ।

जग्गा सम्वन्धी विवरणको जानकारी लिन विगतका पुराना फाइल खोज्दा समय लाग्ने भएपनि अहिलेको प्रविधिले सहजरुपमा पाउने सकिने अवस्था बनेको सेवा लिन मालपोत कार्यालय आउनु भएका स्थानीयबासी बमबहादुर राईले बताउनुभयो ।
‘‘सरकारले लागु गरेको डिजिटल प्रविधिबाट काम गर्न सहज छ’’ उहाँले भन्नुभयो,‘‘विगतमा जग्गा सम्बन्धी कारोबार गर्न निकै झन्झट थियो । यो प्रविधिको प्रयोगले जग्गामा हुने विभिन्नखाले विकृति रोक्न टेवा पुग्ने रहेछ ।’’

डिजिटल प्रविधिले जग्गाको विवरण, नक्सा प्रिन्ट, नक्साङ्कनलगायत सबै काम गुणस्तरीय हुनाका साथै नागरिकलाई चाँडो सेवा प्रदान गर्न सकिने नापी कार्यालयले जनाएको छ ।

यो प्रविधिको प्रयोगले क्षेत्रफलमा एकरुपता हुने र प्रतिकुुल समयमा पनि छिटृै नक्सा तयार गरी प्रिन्ट गर्न सकिने जिल्ला नापी कार्यालयका प्रमुख देवकुमार बस्नेतले बताउनुभयो ।
‘‘भूमि सम्वन्धी कामलाई डिजिटल बनाइएसँगै काम गर्न सहज भएको छ’’ उहाँले भन्नुभयो यसले गर्दा कर्मचारीको कार्यबोझ कम गराउनाका साथै सेवाग्राही नागरिकलाई सहजरुपमा सेवा दिन सकिने र पुरानो विवरण खोज्न पनि सहज भएको छ ।’’

यो प्रविधिबाट कुनै पनि ब्याक्तिको नाममा नेपालभर रहेको जग्गालाई सहजरुपमा पत्ता लगाउन सकिने जनाइएको छ । जग्गाधनीको विवरण अनलाइनमा राखिने भएकाले जहाँबाट पनि उनीहरुको वितरण हेर्न सकिने मालपोत कार्यालयले जनाएको छ ।

रजिष्ट्रेशन दस्तुर, पूँजिगत लाभकर र सेवा शुल्कजस्ता राजस्व रकमको गणना स्वचालित प्रणालीबाट हुनेहुँदा कार्यालय भित्र हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न यसले थप टेवा पुगेको कार्यालयका प्रमुख रविन मगरले बताउनुभयो । यो प्रविधिको प्रयोगले काम पारदर्शी हुनाका साथै राजस्व सङ्कलमासमेत सहज हुने उहाँको भनाइ थियो ।
‘‘प्रविधिको विस्तारले सेवा प्रवाहमा धेरै सहज छ’’ प्रमुख मगरले भन्नुभयो,‘‘ काममा चुस्तता आएको छ । यसले राजस्व सङ्कलनमासमेत सहज भएको छ भने यहाँ हुने बेथिति नियन्त्रणमासमेत महत्वपूर्ण भूमिका खेलेको छ ।’’

विद्युत् प्रवाह नियमित नहुँदा भने काममा केही बाधा पुग्ने गरेको छ । त्यस्तै इन्टरनेट तथा सर्भरमा आउने समस्याले सेवा लिन कठिनाइ हुने गरेको सेवाग्राहीले बताउने गरेका छन् । सेवा प्रवाहलाई थप चुस्त बनाउन कार्यालयमा जोडिएको इन्टरनेटलाई प्रभावकारी बनाउन आवश्यक रहेको सेवाग्राही अग्निप्रसाद घिमिरेले बताउनुभयो ।

‘‘डिजिटल प्रविधिले काम गर्न धेरै सजिलो छ’’ उहाँले भन्नुभयो,‘‘ तर विद्यु्त् तथा इन्टरनेटमा आउने समस्याले भने सेवा प्रवाहमा बाधा हुने गरेको पाएको छु । प्रविधिमा समस्या हुँदा सेवाग्राहीले दुःख पाउनु पर्ने अवस्था छ । यस्ता खालका समस्या समाधानमा भने ध्यान दिन आवश्यक छ । यो राम्रो पक्ष हो ।’’राज्यले अघि सारेको यो प्रविधिका कारण मानिसहरु जग्गा कारोबारमा हुने ठगीबाट जोगिने सेवाग्राही घिमिरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

मंगलग्रहमा भेटियो ‘डायनोसरको अन्डा’, बैज्ञानिकहरू थप अनुसन्धान गर्दै

गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

विश्वभर फेसबुकमा देखियो समस्या

आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीले सेवाग्राहीको पहुँचमा सहजता ल्याउँछ : सञ्चारमन्त्री शर्मा

विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छुः प्रधानमन्त्री दाहाल

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com