Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

जासुसीको आरोप लागेका पूर्वमन्त्री अकबरीलाई मृत्युदण्ड

  • एपी
  • २ वर्ष अगाडि

दुबई , ३० पुस । इरानले आफ्नो देशको रक्षा मन्त्रालयका निम्ति कुनै समय काम गरेका एकजना पूर्वमन्त्रीलाई बेलायतका लागि जासुसी गरेको अभियोगमा मृत्युदण्ड दिइएको बताएको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा मृत्युदण्डको विरोध भए पनि इरानले उहाँलाई मृत्युदण्ड दिएको हो ।

इरान र बेलायतको दोहोरो नागरिकता लिएका भूतपूर्व रक्षा उपमन्त्री अलीरेजा अकबरीलाई बेलायतको गुप्तचर संस्था एमआई–६ का निम्ति जासुसी गरेकाले हालै फाँसी दिएको शनिबार घोषणा गरेको हो ।

गत बुधबार अकबरीको परिवारलाई उनलाई भेट्न कारागारमा जान भनिएको तथा उहाँकी श्रीमतीले एकान्त कारागारमा आफ्ना पतिलाई सारिएको बताउनुभएको थियो । अकबरीलाई तीन वर्षअघि पक्राउ गरिएको थियो । जासुसीको आरोपमा उहाँलाई दोषी ठहर गरिएको थियो तर सबै आरोपको उहाँले अस्वीकार गर्नुभएको थियो ।

बेलायतले इरानलाई मृत्युदण्ड रोक्न तथा उहाँलाई तत्काल रिहा गर्न आग्रह गरेको थियो । बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले मृत्युदण्डको सजाय मानव जीवनलाई पूर्णरूपमा बेवास्ता गर्ने बर्बर शासनद्वारा राजनीतिकरूपमा प्रेरित काम भएको टिप्पणी गर्नुभएको छ ।

अमेरिकाले पनि इरानको उक्त कदमको आलोचना गरेको छ । अकबरीमाथि लगाइएको आरोप र मृत्युदण्डको सजायलाई ‘राजनीतिकरूपमा प्रेरित’ भन्दै हिरासतमा यातना दिएर आरोप स्वीकार गर्न बाध्य पारिएका खबरले चिन्तित तुल्याएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

क्यानडामा राखियाे धेरै बेतलबी कामदार, पासपोर्ट खोसेर बनाइयाे बन्धक

महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० नाघ्यो

बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए

इशिबा जापानको प्रधानमन्त्रीमा निर्वाचित

अस्ट्रेलियाको मुद्रास्फीति ३ वर्षकै न्यून

अमेरिकामा फेरि अर्को गोली आतंक : एकको मृत्यु, दर्जनौं घाइते

ताजा समाचार

गण्डकी प्रदेश स्तरिय न्यायिक सम्मेलन बागलुङमा
गण्डकी प्रदेश स्तरिय न्यायिक सम्मेलन बागलुङमा
पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु
पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु
आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?
आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?
खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल
खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल
जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

ट्रेन्डिङ

जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

ढोरपाटनमा ११ नाउर र सात झारलको सिकार

ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार बढी सवारी साधन कारवाहीमा

अवैध लागूऔषधसहित १० जना पक्राउ

आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?

लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com