Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

पत्रकार भण्डारीको ‘सत्ता सङ्घर्ष’ सार्वजनिक

  • २ हप्ता अगाडि

काठमाडौँ, ३० पुस । पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (एकीकृत समाजवादी) का नेत्री गरिमा शाह र राजनीतिक विश्लेषक हरि शर्माले आज यहाँ आयोजित समारोहमा पुस्तकको लोकार्पण गर्नुभयो ।

कृतिमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ । यसबीचमा सरकार बदल्नेमै नेताको चासो देखिए पनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छाैं भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न नसकेको विषयमा पुस्तक केन्द्रित छ ।

विसं २०४६ को राजनीतिक परिवर्तनदेखि २०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्ता सङ्घर्षमा केन्द्रित रहेको विषयवस्तु कृतिमा समेटिएको छ । उक्त अवधिमा जेजति सरकार बने तिनको गठन, विघटन कसरी भयो, राजनीतिको मियोे कसरी अघि बढ्यो भन्ने विषय पुस्तकमा वर्णन गरिएको छ ।

मध्यरातमा बहुदल, प्रारम्भमै विग्रह, दासढुङ्गा, आफ्नैमाथि अन्तरघात, संसद् विघटन, निर्णय उल्टिएको रात, कम्युनिष्टको काँधमा पञ्चायतको रजाइँ, कांग्रेसको काँधमा सूर्यबहादुर थापा, किसुनजीमाथि अर्काे घात, विन्तिपत्रले बदनाम, नयाँ खेतालाको खोजी, संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा, प्रधानन्यायाधीशलाई सत्ता, सत्ता स्वार्थको पुनरावृत्तिलगायत शीर्षकमा लेखकले तत्कालीन घटनाक्रमलाई उजागर गर्नुभएको छ ।

पुस्तकको लोकार्पण गर्दै कांग्रेस महामन्त्री थापाले राजनीतिक दलको संरचना, सदस्यता प्रणाली, आन्तरिक सत्ता, अभ्यास परिवर्तन नभएसम्म मुलुकमा राजनीतिक स्थिरताका लागि चुनौती रहिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक प्रणालीमा नियमभित्र रहेर अभ्यास गर्नुपर्छ, प्रतिपक्षले प्रधानमन्त्रीलाई समर्थन गर्न नियमले मिल्दैन, यस विषयमा खुला र पारदर्शीरूपमा छलफल र बहस हुनुपर्छ, यस पटकको संसद्लाई मुलुकको समस्या समाधान गर्ने थलो बनाउन सबैबाट प्रयास हुनुपर्छ ।”

एमाले उपमहासचिव ज्ञवालीले ३० वर्षको अनुभवले सरकार, संसद् र राजनीतिक स्थायित्व मात्र नभई नीति र प्रणालीलाई स्थिर दिनेतर्फ घच्घच्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “परिवर्तनकारी शक्तिबीच न्यूनतम समझदारी नभएसम्म राजनीतिलाई नै पनि स्थायित्व दिन कठिनाई पर्ने विगतको अनुभवबाट पाठ मिलेको छ, राजनीतिलाई प्राथमिकतामा राख्दा आर्थिक, पूर्वाधार निर्माण र समृद्धिका मुद्दा पछाडि परेका हुन्, अब त्यसलाई सच्याउन पर्छ ।”

एकीकृत समाजवादीका नेत्री शाहले पत्रकार भण्डारीले आफँै साक्षी रहेर देखेको, भोगको, सुनेको र अनुभव गरेको मुलुकका प्रमुख राजनीतिक घटनासम्बन्धी विषयवस्तु समेटिएको राजनीतिक इतिहास पुस्तकको अध्ययनबाट अतितको सम्झना, वर्तमानको सिकाइ र भविष्यका लागि हौसला प्रदान गर्ने सन्दर्भ सामग्री रहेको बताउनुभयो ।

विश्लेषक शर्माले इतिहास सामान्य ढङ्गबाट अघि नबढ्ने हुँदा जुन कालखण्डका लागि केन्द्रीत रही पुस्तक लेखिएको हो त्यसको सत्ता सङ्घर्षमा त्यो इतिहासको झझल्को दिएको उल्लेख गर्नुभयो । कृतिका लेखक भण्डारीले दुई दशकभन्दा लामो पत्रकारिताका दौरानमा देखे, भोगेका घटना, समाचार सङ्कलनका बेला भएका कुराकानी, टिपोट, फोन संवाद, प्रकाशित पुस्तक, प्रतिवेदन, अन्तर्वार्ता तथा स्वअध्ययन पुस्तकका आधार भएको बताउनुभयो । साङ्ग्रिला मिडिया गु्रप प्रालि प्रकाशक रहेको उक्त पुस्तकको मूल्य रु छ सय ७५ छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत

पत्रकार भण्डारीको ‘सत्ता सङ्घर्ष’ सार्वजनिक

‘सन्तापको धून’ को परिचर्चा पोखरामा

स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित

रोल्पामा सुनिए समयका १७ कविताहरू

मदन पुरस्कार विजेता भगिराज इङ्नामसँग अन्तर्वार्ता : ‘पृथ्वीनारायण र प्रताप शाह कालगतिले मरेकोमा आशंका छ’

ताजा समाचार

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
सूनको मूल्य घट्यो
सूनको मूल्य घट्यो
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

ट्रेन्डिङ

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki