Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

महिलाको सङ्घर्ष र साहसको कथामा ‘देउराली डाँडी’

  • १ हप्ता अगाडि

काठमाडौँ, ८ माघ। वान वल्र्ड थिएटर नेपालसँगको सहकार्यमा तयार भएको नाटक ‘देउराली डाँडी’ को मञ्चन पिङ्गलास्थानको ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’मा भइरहेको छ । रङ्गकर्मी सहलेसको लेखन तथा अमेरिकी रङ्गकर्मी रोज स्वाइट्जको निर्देशनमा तयार पारिएको नाटक गुरुङ समुदायमा प्रचलित घाटु नृत्यमा आधारित छ ।

घाटु नृत्य प्रदर्शन गर्ने गाउँको कथा भनिएको सो नाटकमा धेरै वर्षअघि फैलिएको महामारीले गाउँका सम्पूर्ण पुरुष परदेश गएका देखाइएको छ । उजाडिएको देउरालीमा महिलाले गरिरहेको सङ्घर्षकै बीच महामारीको लक्षण पुनः देखापरेपछि वैदेशिक रोजगारीमा जानुपर्ने डरले त्रस्त बनेको वातावरणलाई चित्रण गरिएको छ । सङ्घर्षको अन्तिम समयसम्म महिलाले घाटु नाचको कथा र गाउँको पुरानो जीवनशैली खोज्ने साहस र आशा नै ‘देउराली डाँडी’ हो ।

दिया मास्के, पशुपति राई, मेनुका प्रधान, बिनिता थापामगर, रञ्जना भट्टराई र सरस्वती चौधरीको अभिनय रहेको नाटक लम्जुङको नाल्मा गाउँमा गरिएको घाटु नाचको अध्ययन–अनुसन्धानको आधारमा बनाइएको निर्देशक स्वाइट्जले जानकारी दिनुभयो ।

एक घण्टा ५० मिनेटको उक्त नाटक विदेश जान विमानस्थलमा लाम बसेकाको सपना र विदेशबाट लास बनेर फर्केकाको विपनालाई चित्रण गरिएको छ । हुम बिसीले डिजाइन गर्नुभएको देउराली डाँडीको सुकेको रूख र दृश्य परिवर्तनले रङ्गमञ्चको पृष्ठभूमिमा राखिने सेतो र खैरो रङका पर्खाल र गाउँको ढुङ्गे धाराले कथाको भावलाई अथ्र्याएको पाइन्छ । सन्जिता पराजुलीको कस्ट्युममा कलासंस्कृति र पहिचान झल्काउने वेशभूषामा कलाकारहरू स्वभाविक देखिएका छन् । रङ्मञ्चको एउटा कुनामा बसेर धुन बजाइरहेका वाद्यवादक चन्द्रकुमार गन्दर्भ र सुबलमणि सापकोटाको मधुर धुन नाटकभर सुनिन्छ । सह–निर्देशक विजया कार्कीका अनुसार यो नाटक माघ १५ गतेसम्म नियमित मञ्चन हुनेछ । “नाटकले विदेसिने परम्परामा रहेका पुरुष र महिलाको बाध्यतालाई पनि चित्रण गरेको छ । यसमा घाटु नाच र विदेसिने संस्कृतिले निम्त्याएको अवस्थालाई चित्रण गर्न खोजिएको छ”, सहनिर्देशक कार्कीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

महिलाको सङ्घर्ष र साहसको कथामा ‘देउराली डाँडी’

चलचित्रकर्मीको कोषमा गायिका झाको सहयोग

‘प्रसाद २’ को प्रदर्शन मिति तय

चलचित्रमा पुनरागमन गर्दै नायिका थापा

ताजा समाचार

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण
सूनको मूल्य घट्यो
सूनको मूल्य घट्यो
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

ट्रेन्डिङ

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki