Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

खानीगाउँमा फोरजी सेवा सञ्चालन

  • ४ वर्ष अगाडि

बलेवा, १४ माघ । जिल्लाको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरुप देशभरका विकट र दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार र स्तरोन्नति कार्यलाई तीव्रता दिएको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ट इञ्जिनियर केशव शर्माले बताउनुभयो ।

“खानीगाउँमा एक वर्ष पहिले नै टुजी र थ्रिजीको इन्टरनेट सेवा विस्तार गरेका थियौँ”, प्रमुख शर्माले भन्नुभयो, “विकट स्थानलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने कार्यालयको उद्देश्यअनुरुप यस वर्षदेखि फोरजी इन्टरनेट सेवा सञ्चालन गरेका हौँ ।”

खानीगाउँमाथि रहेको डाँडामा १२ मिटर अग्लो टावर निर्माण गरी फोरजी इन्टरनेट सेवा उपलब्ध गराइएको प्रमुख शर्माले बताउनुभयो । उहाँले सेवाबाट खानीगाउँसहित खिबाङ, खोरिया, थाम्का र चामीदुवार गाउँका दुई सय बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएको जानकारी दिनुभयो ।

जिल्लाकै निकै दुर्गम र विकट रहेको स्थानमा फोरजी मोबाइल सञ्चालन भएसँगै इन्टरनेटको पहुँचबाट टाढा रहेका नागरिकलाई जोडन सफल भएको टेलिकमले जनाएको छ ।

फोरजी सेवा सञ्चालन भएपछि गाउँमै मोबाइल डेटामार्फत् इन्टरनेट चलाउन सहज भएको स्थानीय रेशम बुढामगरले बताउनुभयो । उहाँले सूचना र सञ्चारको व्यवस्था नहुँदा केही वर्ष पहिलेसम्म हुलाक र कटुवाल प्रथाको भरपर्नुपर्ने बाध्यता अहिले टेलिफोन, मोबाइल र इन्टरनेटको सुविधाले हट्दै गएको बताउनुभयो ।

“भौगोलिक हिसाबले विकट रहेको गाउँमा मोबाइल सेवा नहुँदा सञ्चारमा समस्या रहेको थियो”, मगरले भन्नुभयो, “कुनै जानकारी, सूचना आदानप्रदान गर्न सहज भएको छ ।”

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

मंगलग्रहमा भेटियो ‘डायनोसरको अन्डा’, बैज्ञानिकहरू थप अनुसन्धान गर्दै

गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

विश्वभर फेसबुकमा देखियो समस्या

आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीले सेवाग्राहीको पहुँचमा सहजता ल्याउँछ : सञ्चारमन्त्री शर्मा

विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छुः प्रधानमन्त्री दाहाल

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com