Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

थारु समुदायद्वारा कुवाँरवर्तीमाई पूजा सुरु

  • ३ वर्ष अगाडि

कावासोती, २२ चैत । पूर्वी नवलपरासीका थारु समुदायद्वारा हरेक वर्ष गरिँदै आएको कुवाँरवर्ती माईको पूजा मङ्गलबारबाट सुरु भएको छ ।

महाभारत पर्वत शृङ्खलामा रहेको देवचुली पर्वतमा पुगेर त्यहाँ रहेको गुफाभित्र शिर थान माईको पूजा गरेर सुरु हुने कुवाँरवर्ती माईको पूजा जिल्लाभित्र रहेका ११ वटादेवी थानमा पूजा गरेपछि पूजा सम्पन्न हुने कुवाँरवर्तीमाई गुठीका अध्यक्ष विकाराम चौधरीले जानकारी दिनुभयो । मङ्गलबार देवचुलीको रजहरमा रहेका टिकेत (मुख्य पुजारी) भवानी गुरौको घरबाट यात्रा सुरु गरेर मुख्य पूजारीसहितको टोली शिरथान माईको पूजा गर्न चैते पूर्णिमाको दिन यही कात्तिक २३ गते देवचुली पर्वतको चुलीमा पुग्ने गुठीका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

चुलीमा पुग्न भन्दा अघिल्लो दिन मुख्य पुजारीसहितको टोली देवचुलीको कीर्तिपुरमा रहेको देवी थानमा बास बस्ने तथा आज बिहान त्यहाँ पूजा सम्पन्न गरेपछि आजै बेलुका देवचुली र वरचुली पहाड बीचको रहेको खोला इनरछतियामा बास बसेर मुख्य पूजाका लागि चैते पूर्णिमाको दिन देवचुली पहाडमा पुग्ने उहाँले बताउनुभयो ।

चैते पूर्णिमाको दिन देवचुली पर्वतको चुलीमा रहेको गुफाभित्र शिरथान देवीको पूजा गरेपछि मुख्य पुजारी सहितको टोली फर्किने र जिल्लाका विभिन्न ११ वटादेवी थानमा पुजा गरेपछि पूजा सम्पन्न हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

चैते पूर्णिमाको दिन देवचुली पहाडमा रहेको शिरथान माईको पूजा गरिँदै गर्दा तल रहेका ११ वटा देवी थानमा पूजा गर्ने गरिन्छ । त्यसपछि चैते पूर्णिमाको भोलि पल्टदेखि नौ दिनसम्म जिल्लाका विभिन्न गाउँमा रहेका कुवाँरवर्ती माईको शाखा मन्दिरमा पूजा गरिने प्रचलन रहेको छ । पूजाको क्रममा देवी थानमा राँगा, बोका, कुखुराको बलि दिने गरिन्छ ।

हरेकवर्ष पूजा गरिने भए पनि पाँच÷पाँचवर्षमा गरिने पूजाको विशेष महत्व हुने थारु अगुवा बताउँछन् । कन्तरी पूजाको नामबाट प्रचलित यो पूजा पूर्वी नवलपरासीमा रहेको प्राय सबै थारु गाउँमा गर्ने गरिन्छ । परापूर्वकालदेखि नै विशेष गरेर पूर्वी नवलपरासीका विभिन्न ११ वटादेवी थान रहेका गाउँमा कुमारवर्ती माईको पूजा अर्थात कन्तरी पूजा गरिँदै आएको थारु अगुवा कमल गुरौँ बताउनुहुन्छ । शाखा मन्दिरहरुमा पूजा गर्ने अघिल्लो दिन साँझ टिकेत (मूल पुरोहित)को घरमा जम्मा भएर कुवाँरवर्ती माईको कथा सुन्ने तथा सुनाउने गरिन्छ ।

साथै साँझमा टिकेत (मूल पुजारी)ले पूजा सुरु गरेपछि शरीरमा देवी चढेकाहरु काम्ने उफ्रिने गरी रोगव्याधी अन्त्य, कृिषबालीको सुरक्षा, समस्त जगतको सुख शान्ति तथा समृद्धिका लागि परापूर्वकालदेखि कुवाँरवर्ती माईको पूजा गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com