बागलुङ, पुस २१ । साझेदारी बहुउदेश्यीय सहकारी संस्था बागलुङको १६ औ बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दैै बागलुङ नगरपालीकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सहकारी नागरिकको दैनिक जिवन यापनको सारथी भएको बताउनुभयो ।
श्रेष्ठले सहकारीहरु सदस्यको हितमा केन्द्रित हुनुपर्ने बताउदै स्वनियम र शुसासनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । सहकारी शेयर पुँजीमा सिमित लाभांश वितरण गर्न मात्र नभई शेयर सदस्यको सुख दुःखको सारथी पनि भएको उहाको भनाई । श्रेष्ठले सहकारीले शेयर सदस्यहरुलाई बचत गर्न पनि प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाले सहकारीले उत्पादनशिल र सिपमुलक क्षेत्रमा पनि लगानी बढाउनुपर्ने आवश्यक रहेको उताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार तेजेन्द्र बहादुर थापाले सहकारी मार्फत प्रत्यक शेयर सदस्यको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सहकारी संस्थालाई शेयर सदस्यले आफ्नो सम्पती मान्नुपर्ने थापाको भनाई थियो । ‘सहकारी संस्था शेयर सदस्यको आफ्नो संपती हो’ थापाले भन्नुभयो, ‘आफ्नो संपतीको संरक्षण, संम्मार र निगरानी गर्नेुपर्छ ।’ कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राजु केसी, सल्लाहकार राजेन्द्र आचार्य, केवी राना मगर, जैमिनी नगरपालीका १ का वडा अध्यक्ष विष्णु प्रसद आचार्य लगाएतले आफ्नो मन्तब्य राख्नुभएको थियो ।
२०६४ सालमा स्थापना भएको संस्थामा एक हजार सात सय २१ जना शेयर सदस्य रहेका छन भने संस्थाको शेयर पुजी ४ करोड ९९ लाख ७५ हजार सात सय रुपैँया रहेको संस्थाका कोषाध्यक्ष गणेश लम्सालले बताउनुभयो । शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी, सामाजिक सुरक्षा कोष, सहकारी शिक्षा तथा तालिम, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दै आएको लम्सालले बताउनुभयो । साधारण सभाकै अवसरमा उत्कृष्ट कारोबार गर्ने ४५ जना शेयर सदस्यलाई सम्मान गरिएको थियो ।
साधारण सभाकै अवसरमा लेखा सुवपरिवेक्षण समितिका संयोजक निलकण्ठ शर्माको लेखा प्रतिवेदन, कोषाध्यक्ष गणेश लम्सालको आर्थिक र सचिव डिल्ली गौतमको प्रगति प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । संस्थाका अध्यक्ष तेज प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष चुडामणी आचार्यको स्वागत र संस्थाका सचिव डिल्ली प्रसाद गौतमले संचालन गर्नुभएको थियो ।