Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बालमैत्री नगरपालिका घोषणाको तयारीमा बागलुङ नगरपालिका , ८० प्रतिशत काम पुरा

  • २ वर्ष अगाडि

बागलुङ । बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेको बागलुङ नगरपालिकाले ८० प्रतिशत काम पुरा गरेको जनाएको छ ।

शनिबार पत्रकारहरुका लागि बालमैत्री अभियान अभिमूकीकरण कार्यक्रमको सहजिकरण गर्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी तथा बालमैत्री फोकलपर्सन धनप्रसाद पोख्रेलले बिशेषगरी पूर्वाधार तर्फका कतिपय काम बाँकी रहेपनि अन्य काम भने पुरा भएको जानकरी दिनुभयो ।

अभिमुखीकरणमा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले उचित श्रोत साधनको सदुपयोग गर्दै बालमैत्री अभियानलाई सफल बनाउने काममा नगरपालिकाले काम गरिरहेको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले यो अभियान नगरको मात्र नभएर राष्ट्रिय अभियान भएको बताउनुभयो । नेपाल सरकारले आगामी २०८८ सालभित्र देशलाई नै बालमैत्री बनाउने निर्णय गरेको छ ।

नगर शिक्षा अधिकारी पोख्रेलले बालमैत्री नगरपालिका घोषणा गर्नको लागि ५१ वटा सूचक पुरा गर्नुपर्ने भएकाले सवै क्षेत्रले आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले अभियानका स–साना सूचकहरु पुरा गरिसकेको उहाँको भनाई छ । पूर्वाधारको निर्माण बाहेक अन्य धेरै सूचकहरु नगरपालिकाले पुरा गरिसकेको छ ।

नगपालिकाले बालबालिका कुपोषणबाट मुक्त हुनुपर्ने, गर्भवती महिलाले सवै खोपहरु लगाउनुपर्ने, गर्भवती अवस्थामा ८ पटक स्वास्थ्य परीक्षण गर्ने, सुत्केरी भएपछि शिशुसहित आमाले ४ पटक स्वास्थ्य संस्थामा पुगेर परीक्षण गर्नुपर्ने, २० वर्षपुगेपछि मात्र विवाह गर्नुपर्ने लगायतका विषयमा सचेतना अभियान चलाइएको नगर शिक्षा अधिकारी पोख्रेलले बताउनुभयो । यस्तै बालमैत्री अभियानको क्रममा निजी तथा सामुदायिक विद्यालयले पुरा गर्नुपर्ने सूचकमा पनि सचेतनाका कार्यक्रम संचालन गरिएको छ ।

बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को पुष मसान्तभित्र बालमैत्री नगर घोषणा गर्ने तयारी गरेको छ । नगरपालिकाले छिट्टै वडा नम्बर १४ नारायणस्थानलाई बालमैत्री वडा घोषणा गर्ने तयारी भइरहेको नगर शिक्षा अधिकारी पोख्रेलले बताउनुभयो । शनिबार बालमैत्री नगर घोषणा अभियान पुरा गर्न साथ र सहयोग गर्ने भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष नरेश कंडेलसहित पदाधिकारी र क्रियाशिल पत्रकारले पनि हस्ताक्षर प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छ

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com