काठमाडौं । बराम्बार अन्धाधुन्द गोली प्रहारको घटना हुने अमेरिकामा फेरि अर्को गोली आतंक भएको छ । अमेरिकाको ओहियो राज्यको आक्रन क्षेत्रमा गोली आतंक भएको हो ।
रुसी विश्व च्यानल आरटीका अनुसार सार्वजनिक स्थानमा जथाभावी गोली प्रहार हुँदा एकको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन् । एक २७ वर्षीयको मृत्यु तथा २६ घाइते भएको पुष्टि भएको छ ।
आइतबार मध्यराति गोली प्रहारको घटना भएको बताइएको छ । अहिलेसम्म कुनै आरोपीलाई पक्राउ गरिएको छैन । सडक पार्टी भएको क्षेत्रमा गोली प्रहार भएको बताइएको छ ।