Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

खानेपानीका प्रबन्धक शर्मालाई बर्खास्त

  • २ वर्ष अगाडि

बागलुङ ३२ साउन । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रबन्धक हिमाल शर्मालाई बर्खास्त गरेको छ । संस्थाको कार्यसमितिले पटक–पटक शर्मालाई सोधेको स्पष्टीकरणको चित्त नबुझेको भन्दै बर्खास्त गरेको जनाइएको छ ।

स्पष्टीकरण सोधेका बेला जवाफ नदिएको, उपभोक्ताको हितमा काम नगरेको, सवारी साधनको दुरुपयोग गरेको लगायतका कारण देखाउँदै शर्मालाई बर्खास्त उपाध्यक्ष हरी बहादुर जिसी सन्तोषले बताउनुभयो ।

संस्थाको साउन ३२ गते बसेको बैठकले संस्थाको कर्मचारी सेवा सर्त विनियमावली २०६४ मा भएको व्यवस्था बमोजिम शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो । अध्यक्ष केबी राना मगरले राजीनामा दिएपछि बिबादमा रहेको संस्थाका उपाध्यक्ष हरिबहादुर जिसी सन्तोषको अध्यक्षतामा बसेको बैठकले बर्खास्तीको निर्णय गरेको जनाएको छ । कार्यसमितिको बहुमतको निर्णय तथा नगर क्षेत्रका चार वडा अध्यक्षको रोहबरमा निर्णय गरिएको उपाध्यक्ष जिसीले जानकारी दिनुभयो ।

शुक्रबारनै शर्मालाई पत्राचार गरिएको छ । विभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व गर्दै निर्वाचित भएका पदाधिकारीमध्ये शुक्रबारको बैठकमा एमाले निकट सदस्यहरु उपस्थित थिएनन् ।
बहुमतको आधारमा निर्णय गरिएको जिसीको भनाई छ ।

यस विषयमा प्रबन्धक शर्मालाई सम्पर्क गर्दा पदाधिकारीको निर्णय गैर कानुनी रहेको बताएका छन् । उहाँले पदाधिकारी मनलाग्दी ढंगले चल्नका लागि आफूलाई बर्खास्त गरेको जानकारी दिनुभयो ।
‘बैठक कहाँ बसेको हो, सबै पदाधीकारीलाई खबर छैन, लगेको पेश्की रकम फछ्यौट भएको छैन, यो प्रपोकाण्ड हो, म न्यायका लागि जान्छु’ शर्माले भन्नुभयो । आदर्श सञ्चारबाट साभार

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com