Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नगर खानेपानी संस्थालाई विधान विपरित गरेका निर्णय कार्यान्वयन नगर्न जलस्रोत समितिको निर्देशन

  • २ वर्ष अगाडि

बागलुङ ५ भदौं । जिल्ला जलस्रोत समितिले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विधान विपरित गरेका निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको अध्यक्षतामा बसेको समितिको बैठकले संस्थामा नयाँ कार्यसमिति आएपछि भएका निर्णयहरु बिबादित भएको भन्दै विधानले तोके बमोजिम काम गर्न निर्देशन दिएको हो ।
संस्थाले स्वच्छ र सफा खानेपानी उपलव्ध नगराएको, संस्थाको हिसाबकिताब पारदर्शी नभएको, बक्यौता महशुल उठाउन समितिले चासो नदिएको, नगरविकास कोषसँग लिएको ऋणको साँवा व्याज समयमा तिर्न चासो नदिएको लगायतका विषयमा गुनासो आएको भन्दै समितिले संस्थाले गरेका काम बिधान अनुसार भए नभएको ७ दिनभित्र लेखि पठाउन निर्देशन दिएको छ । नयाँ कार्यसमितिका काम बिबादित भएकाले ७ दिनभित्र सर्वपक्षीय बैठक बसेर समस्याको समाधान गर्न निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
संस्थाको साउन ३२ गते बसेको बैठकले बिभिन्न उपसमिति गठन गर्ने, प्रबन्धकलाई बर्खास्त गर्ने, न्युनतम महशुल बढाउने पूर्व निर्णय कार्यान्वयन नगर्ने लगायतका निर्णय गरेको थियो । समितिका सदस्यहरुलाई खबरै नगरी बहुमतका बलमा महत्वपूर्ण निर्णयहरु गरेको भन्दै बिबाद सिर्जना भएको थियो । संस्थाका निर्वाचित अध्यक्ष के।वि। राना मगरले राजीनामा दिएपछि चुलिएको खानेपानी बिबादमा जलस्रोत समितिले चासो बढाएको हो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

ताजा समाचार

ट्रेन्डिङ

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

महतोले सार्वजनिक गरे वाणिको उडान

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com