Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

डेंगु नियन्त्रणका लागी खोज र नष्ट अभियान बागलुङमा सुरु

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ, ५ भदौ । बागलुङमा डेंगुका विरामी बढ्न नदिनका लागी लामखुट्टेको बासस्थान खोज र नष्ट गर्ने  अभियान सुरु गरिएको छ । जिल्लामा बढ्दो डेंगुका विरामी र त्यसको नियन्त्रणका लागी यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदिले जानकारी दिए ।  पहिलो चरणमा बुधबार बागलुङ नगरपालिकाको बजार क्षेत्रमा खोज र नष्ट गर अभियान गरिएको हो । बुधबारदेखि शुरु भएको अभियानमा स्थानीय तह, जिल्ला प्रशासन, सशस्त्र र जनपथ प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, टोल सुधार समिति सहभागी थिए । आफ्नो क्षेत्रमा सफाइ अभियान चलाउँदा विद्यार्थी र शिक्षक पनि सहभागी भएका थिए  ।

मोटर ग्यारेजका टायरमा जमेको पानी हटाउने, घरघरमा भाँडामा राखिएको तर नपोखिएको पानी हटाउने, लार्भा देखिए नष्ट गर्ने काम भएको हो । ग्यारेज क्षेत्रमा यसअघि पनि पानी जन्मे गरी टायर नराख्न सुझाव दिइएको थियो । पटक पटकको आग्रहमा पनि टायर जथाभावी राखेको देखिएमा कारवाही गर्ने सहायक प्रजिअ चित्राङगत बराल बताए ।

बुधबार पहिलो चरणको काम थालेपनि हरेक शुक्रबारको बिहानी २ घण्टालाई खोज र नष्ट गर अभियानकै रुपमा चलाइने बरालको भनाइ छ । सदरमुकाम बागलुङ बजारमा मात्र नभइ गलकोट, बुर्तिवाङसम्मै यो अभियान चल्नेछ । हाल गलकोटमा सबैभन्दा धेरै डेंगीका बिरामी देखिएका छन् । जिल्लामा ७० संक्रमित देखिंदा गलकोटमा मात्रै ४६ जना छन् ।  त्यसपछि बढी सदरमुकाममा रहेका हुन् ।
त्यस बाहेक फोहोरको उचित बिर्सजन नहुँदा पनि भुसुनाको कारणले अन्य रोगहरु पनि लाग्ने गरकोले जनचेतनाको अभियान पनि चलाइने हो । ठूला स्थानमा पुगेर सफाइ गर्नुभन्दा घर भित्रैको पानी धेरै दिनदेखि नफेरेमा पनि डेंगीको समस्या हुने गरेको हो । त्यसका लागि नमूनाको रुपमा घरका छत र पूजा कोठासम्म पुगेर अनुगमन गर्ने समेत स्वास्थ्यकर्मीहरुले बताए ।

पहिलो दिनको कार्यक्रमले धेरैलाई सचेत बनाएको बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिृकत धनप्रसाद पोखरेलले बताए । नगर क्षेत्रमा नउठेको फोहोर पनि बुधबार उठाइएको थियो । बजारमा चल्ने अटो सहितका सवारी साधनमा पनि डेंगीबारे सचेतना अभियानका व्यानर टाँगिएका थिए । सचेतना अभियानमा लायन्स क्लबहरु, लियो क्लब तथा युवा क्लबका सदस्य पनि सहभागि थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com