Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सुमन सायमीको साथ लिदै राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी

  • २ वर्ष अगाडि

काठमाडौं । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महतोले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक पार्टी घोषणा गरेका हुन् ।

पार्टी घोषणा गर्दै महतोले देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार सँस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय,धर्म, जात—जाति,क्षेत्र,लिङगका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, सम्बृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मधेशका जनता अब सँगै मिली एकतावद्ध भई राष्ट्रिय मुक्ति क्रान्त्ति गर्नु अपरिहार्य भएको बताएका छन् ।

नयाँ पार्टी घोषणा गरेका महतोले तत्कालै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिईने पनि जानकारी दिएका छन् । महतोले घोषणा गरेको नयाँ पार्टीलाई सामाजिक अभियान्ता सुमन सायमीले पनि साथ दिएका छन् । गत आम निर्वाचनमा काठमाडौं ८ बाट स्वतन्त्र उम्मेदवार बनेका सामयी दोस्रो भएका थिए । त्यसयता उनी महतो नेतृत्वको अभियानमा सक्रिय बनेका थिए ।

पार्टी घोषणा गर्दै महतोले भनेका छन्- ‘देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार सँस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय,धर्म, जात—जाति,क्षेत्र,लिङगका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, सम्बृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मधेशका जनता अब सँगै मिली एकतावद्ध भई राष्ट्रिय मुक्ति क्रान्त्ति गर्नु अपरिहार्य भएको छ ।’

महतोले चलाउदै आएको अभियानलाई पार्टीको रुपमा रुपान्तरण गर्ने गरी राष्ट्रिय मुक्ति क्रान्तिको मिति २०८१ असोज १ गते बसेको राष्ट्रिय समितिको बैठकले राजेन्द्र महतोको अध्यक्षतामा “राष्ट्रिय मुक्ति क्रान्ति नेपाल” नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेको छ ।

बैठकले सोको जानकारी निर्वाचन आयोगलाई दिने र कानुनी सबै प्रकृया पूरा गरी विधिवत रुपमा निर्वाचन आयोगमा दल दर्ता सम्वन्धि सवै कागजातमा हस्ताक्षर गर्ने तथा दल दर्ता गराउन सबै अधिकार राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोलाई दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

ताजा समाचार

ट्रेन्डिङ

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

महतोले सार्वजनिक गरे वाणिको उडान

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com