Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पौष १५  कतै नयाँ वर्ष, कतै जीवनसाथी रोज्ने दिन

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

काठमाडौं पौष १५ । आज पाैष  १५ गते नेपालीहरुले आ-आफ्नै परम्परा, संस्कृति र रितीअनुसार मनाउँदै छन् ।
तिथिको रुपमा नभई गतेको आधारमा मनाइने गुरुङ जातिको नयाँ वर्ष तमु ल्होछार पर्व आजकै दिन परेको छ । यस अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
सुदूरपश्चिम प्रदेशका बासिन्दाले आजको दिनलाई ‘पुसे पन्ध्र’को रुपमा मनाइरहेका छन् । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति डा. टीएन जोशीका अनुसार आजको दिन सुदूरपश्चिमेलीको मौलिक पर्व हो । यो पर्वमा कतै १५ हात लामो काठ जलाएर आगो ताप्दै रातभर कथा सुनाउँदै जाग्राम बस्ने चलन छ । कतै कतै विभिन्न कन्दमुल, रोटी लगायत १५ प्रकारका परिकार पकाएर खाने चलन पनि छ ।
कर्णाली प्रदेशको जुम्लामा पाैष  १५ मनाउन विवाहित चेलीहरू माइत आउने चलन छ । यस दिन दिनभर विभिन्न परिकार पकाएर सामूहिक भोज खाने र रातभर नाचगान गर्दै रमाइलो गर्ने चलन छ । भोलिपल्ट पुस १६ गते बिहानै नजिकैको धारा वा नदीमा गएर नुहाउने चलन छ ।
आज सोमबारे औंसी
सूर्य उत्तरायण शुरु हुनुअघिको औंसी अर्थात् पौष कृष्ण औंसीलाई नेपालीहरुले विशेष महत्वका साथ लिने गर्दछन् । यस दिन पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । ज्योतिषीय हिसाबले मंसिर पूर्णिमाको त्यति धेरै महत्व रहेको पाइँदैन तर सूर्य दक्षिणायनबाट उत्तरायणोन्मुख रहेकाले यही दिनदेखि दिन लामो र रात छोटो हुन्छ भन्ने तर्क छ ।
औंसीको दिन आज सोमबार परेकाले आज बिहानै उठेर नबोली नुहाउने र पूजाआजा गर्ने चलन समेत छ । यसो गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
पाैष  १५ को अन्तर्राष्ट्रिय सम्बन्ध

पाैष  १५ को दिन गुरुङहरूले ल्होछार अर्थात् नयाँ वर्ष पनि मनाउँदैछन् । तिब्बती भाषामा ‘सार’ भनेको नयाँ र ‘लो’ भनेको वर्ष भन्ने हुन्छ । तिब्बतमा नामलाई पहिले र विशेषणलाई पछि लेख्ने चलन रहेकोले यो पर्वलाई ‘लोसार’ भन्ने गरिन्छ । पछि यसलाई तद्भव बनाएर नेपालमा ‘ल्होछार’ नाम राख्न थालियो ।
नेपालमा ल्होछार मनाउने थकाली, गुरुङ र तामाङहरूले तिब्बती लोसारमा केही परिमार्जन गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डा. जगमान गुरुङका अनुसार नेपाली मंगोल समुदायले मनाउने लोसारको गाई वर्गलाई तिब्बतमा गोरु वर्गको नामले चिनिन्छ ।
चीनमा सुँगुर वर्ग भनेर चिनिने महिनालाई नेपालमा मृग महिनाको रुपमा चिनिन्छ, तिब्बतमा खरायो महिनालाई नेपालमा बिरालो महिना मानिन्छ । यसरी महिनामा पनि नेपाली मौलिक नामाकरण गरिएको गुरुङ बताउँछन् ।
मगरहरुको जीवनसाथी रोज्ने दिन
पाैष १५ लाई मगर समुदायले जीवनसाथी रोज्ने पर्वको रूपमा मनाउने गरेको डा. गुरुङ बताउँछन् ।
उनका अनुसार तिहारमा देउसी खेलेर जम्मा भएको पैसामा अपुग भए अलिअलि थपथाप गरेर मगर युवायुवतीहरुले खुवा वा खोइ खाने चलन छ । यही समयमा खुवा खाएपछि आफ्नो जीवनसाथी रोज्ने र गार्हस्थ जीवनको सुरुवात गर्ने परम्परा रहेको संस्कृतिविद् गुरुङ बताउँछन् ।
समग्रमा भन्दा पाैष  १५ विविध सांस्कृतिक पर्वहरूको संगम बनेको छ ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पर्वतमा रास्वपाका भुसाल विजयी

बागलुङ -१को मतगणना सुरु

बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

पर्वतमा ५३ प्रतिशत मत खस्यो

बागलुङमा ५० प्रतिशत मत खस्यो

बागलुङमा खसेको मतको तथ्याङ्क आउन ढिलाई

ताजा समाचार

पर्वतमा रास्वपाका भुसाल विजयी
पर्वतमा रास्वपाका भुसाल विजयी
बागलुङ -२मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ -२मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ क्षेत्र नम्बर–१ रास्वपाका सुशिल खड्का विजयी
बागलुङ क्षेत्र नम्बर–१ रास्वपाका सुशिल खड्का विजयी
बागलुङ -१को मतगणना सुरु
बागलुङ -१को मतगणना सुरु
बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने
बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

ट्रेन्डिङ

बागलुङ क्षेत्र नं १को मतगणना बिहान ११ बजे देखि हुने

आचारसांहिता परिपालना गर्न जिल्ला प्रशाशन कार्यालय बागलुको आग्रह

भ्रामक सूचनामा विश्वास नगर्न मतदातालाई भीम श्रीसको आग्रह

निर्वाचन अवधिभरमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन बागलुङमा कडाइ

कस्ता छन् बागलुङ -१ का उम्मेदवारहरुको प्रतिबद्धता पत्र

बागलुङमा खसेको मतको तथ्याङ्क आउन ढिलाई

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com