Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ मिडिया मेलाको तयारी पूरा, उद्धाटन लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आउने

  • नेपाल सञ्चार
  • ३ घण्टा अगाडि

बागलुङ , १९ चैत्र । बागलुङमा हुन लागेको बागलुङ मिडिया मेलाको तयारी पूरा भएका छ । भोलि शुक्रबारदेखि हुने लागेको मेलाको उद्धाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाट आउनुहुने भएको छ ।

मेलाको व्यापक प्रचार प्रसार गरिएको र सबै तयारी पूरा भएको नेपाल पत्रकार महासंघ बागलुङ राम थापा ‘‘अविरल’ ले भन्नुभयो, ‘‘मेलामा विभिन्न बौद्धिक व्यक्तित्वहरुबाट विद्धत प्रवचन हुने भएकोले दुई दिनको कार्यक्रममा पत्रकार, संचारकर्मी, बागलुङको बौद्धिक वर्ग, प्राज्ञिक समुदाय, नागरिक समाज, क्याम्पस र विद्यालयका विद्यार्थीको उत्साहजनक रुपमा उपस्थिति हुने भएकोले हामी उत्साहित भएका छौं ।’’ मेला चैत्र २० र २१ गते बागलुङ बजारको जोजोलोपा ब्याङ्केटमा हुँदैछ ।

बागलुङलाई मिडियाको माध्यमबाट उजागर गर्न समृद्ध बागलुङ निर्माणमा हातेमालो गर्दै नीजि क्षेत्रको लगानी भित्राउन मिडिया मेलाको आयोजना गरिएको हो ।

खासगरी बागलुङका पत्रकारहरु जुन नेपालभरका विभिन्न मिडियामा कार्यरत रहेका छन् उनीहरुलाई गृहजिल्लाको समृद्धिमा चासो दिने, पुर्नमिलन गर्ने, निजी क्षेत्र र पालिका बिचको सम्बन्ध बढाउदै बागलुङ बजारको ५० वर्ष पुराना इतिहास झल्काउने तस्बिर समेत प्रदर्शनी गर्ने लगायतको काम गरिने नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले जानकारी दिनुभयो ।

मेलामा ८ सेसनको प्यानल डिस्कसन हुँनेछ भने पुराना सञ्चार सामग्री प्रदर्शन गरिने भएको छ ।

पत्रकारिता, सञ्चार माध्यम, पत्रकारको बदलिदो भूमिका र ग्रामीण पत्रकारिताको महत्व उजागर गर्न र यस क्षेत्रमा सबैको ध्यान केन्द्रीत गर्न मेलाले सघाउनेछ । मेलामा पत्रकार महासंघका पदाधिकारी, गण्डकी प्रदेशका ११ जिल्लाका पत्रकारको समेत उपस्थिति रहने छ ।

मेलामा विद्धत प्रवचन, प्यानल डिस्कसन, बागलुङे पत्रकारहरुको पुनर्मिलन, भित्तेपत्रिका लेखन प्रतियोगिता, तस्बिर प्रदर्शन, लाइभ पेन्टिङ, सञ्चार सामग्री र उपकरणको प्रदर्शनी समेत रहेको छ । मेलामा १७ लाख खर्च हुने अनुमान गरिएको शाखाका कोषाध्यक्ष खेमराज गौतमले बताउनुभयो ।

मेलामा आन्तरिक पर्यटक भित्राएर उनीहरुलाई बागलुङका संचार माध्यम, पुस्तकालय, धार्मिक तथा पर्यटकीय गन्तव्यमा भम्रण गराउने उद्देश्य पनि रहेको शाखाका सचिव नारायण रिजालले जानकारी दिनुभयो ।

मेला प्रर्बद्धनमा सघाउने नीजि क्षेत्रको व्यावसायिक स्टलहरु समेत रहनेछ । मेलामा राष्ट्रिय र स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुत रहने शाखाका उपाध्यक्ष सृजना पन्तले बताउनुभयो ।

मेलामा २५ हजार जनाले मेलाको अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ मिडिया मेलाको तयारी पूरा, उद्धाटन लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आउने

बागलुङमा चौथो संस्करणको जेसिज कप फुटबल प्रतियोगिता हुने

बागलुङमा ४ हजार २ सय ५१ जना विद्यार्थी एसईईमा सहभागी हुने

मिडिया मेला सफल बनाउन बिद्यालय तहका बिद्यार्थीलाई भित्तेपत्रिका तालिम

उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका कँडेल सर्वसम्मत निर्वाचित

बागलुङमा नेपाली खाना पकाउने तालिम सुरु

ताजा समाचार

ट्रेन्डिङ

केपी ओलि र रमेश लेखकलाई आइतबार अदालत पेश गराइने

बागलुङमा नेपाली खाना पकाउने तालिम सुरु

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com