Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

  • नेपाल सञ्चार
  • ६ महिना अगाडि

बागलुङ , १३ चैत्र । बागलुङमा जारी कालिका कप खुला पुरुष भलिबल प्रतियोगितामा घले हार्भेस्टिङ अस्टे«लिया र गौडाकोट भलिबल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको क्वाटर फाईनल खेलमा आ—आफ्ना प्रस्पिर्धी टिमलाई पन्छाउँदै सेमिफाइनल पुगेका हुन् । घले हार्भेस्टिङ अस्ट्रेलियाले भिमापोखरा खेलकुद विकास समिति र गौडाकोट भलिबलले बागलुङ भलिबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै सेमिफाईनल पुगेका हुन् ।

शुक्रबार अन्य दुई क्वाटर फाइनलसंगै महिला भलिबल खेल सञ्चालन हुनेछ । पुरुष भलिबल प्रतियोगितामा ८ समुहको सहभागिता रहेको र लिक कम नकआउटको आधारमा खेलाईएको चैत्राष्टमी मेला व्यवस्थापन समितिका भलिबल संयोजक सचिन खड्काले जानकारी दिए ।

महिला भलिबल खेलमा ७ समुहको सहभागिता रहेको छ । महिला भलिबल पनि लिक कम नकआउटको आधारमा खेलाईनेछ । खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् । द्वितीय हुनेले नगद १ लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ ।

महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद २५ हजार मेडल र प्रमाणपत्र भलिबल प्रतियोगिताका संयोजक अर्जुन खड्काले जानकारी दिए । महिला भलिबलमा पनि विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कृत गरिनेछ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजना भैरहेको मेलामा भलिबल प्रतियोगिताको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला भलिबल संघ बागलुङले सहकार्य गरेको छ ।
परापूर्व कालदेखि नै परम्परागत रपमा स्वतःस्फुर्त लाग्दै आएको मेला अहिले बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले व्यवस्थीत रुपमा आयोजना गरेर विभिन्न प्रतियोगिताहरु आयोजना गरेको अध्यक्ष भुपेन्द्र खड्काले बताए । मेलाको आकर्षणको रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती, रमाईलो मेला, बाल उद्यान, घरेलु तथा स्थानीय वस्तुहरुको खरिद विक्री लगायतका रहेका छन् ।

छेलोको उपाधिमा दुजिक थापाको ह्याट्रिक

परम्परागत चैत्राष्टमी मेलाको अवसरमा आयोजित छेलो प्रतियोगिताको उपाधि स्याङ्जाका दुजिक थापामगरले जितेका छन् । बिहीबार भएको प्रतियोगितामा अन्य १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै थापामगरले उपाधि जितेका हुन् । योसंगै चैत्राष्टमी मेलामा छेलो जित्ने ह्याट्रिक पूरा गरेका छन् । ८ किलोको छेलो थापाले १५.७० मिटर दुरी फ्याँकेका थिए ।


१४.२५ मिटर दुरी फ्याँकेका पोखराका किरण सुनार दोस्रो भएको छन् । छेलो प्रतियोगितामा प्रथम भएका थापाले नगद ३० हजार र द्वितीय भएका सुनारले नगद २० हजार पुरस्कार प्राप्त गरेको छेलो प्रतियोगिताका संयोजक ध्रुव खड्काले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

ट्रेन्डिङ

सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का

पहिरोमा परि एक जनाको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com