Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

तित्याङलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, १६ पाैष । बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङलाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियान स्वरुप बानपा ९ तित्याङलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दिपेन्द्रबहादुर थापाले बालमैत्री स्थानीय शासन युक्त घोषणालाई कार्यान्वयनमा लैजानका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय गाउँबाट बजार झर्नेको संख्या बढ्दै गएपछि विद्यार्थीको संख्या घट्दै गएको उहाँको भनाइ छ ।

अब गाउँमा थोरै विद्यालय तथा आवासीय सुविधासहितको हुनु पर्नेमा थापाले जोड दिए । शिक्षालाई गुणस्तरीय, व्यवहारीक र जीवन उपयोगी गराउनुपर्ने थापाले बताउनुभयो । गाउँमा विकास जाने तर मानिस सबै बजार झर्ने गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरि रहेको बताउनुभयो । पौष मसान्तसम्म नगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिने उहाँको भनाइ छ । यसअघि बानपाको वडा नम्वर ४, १३, १४, ११, १, २, ५,६, ७ र ३ लाई बालमैत्री स्थानीय शासन युक्त वडाघोषणा गरिएको थियो ।

अब ८, १० र १२ नम्बर वडालाई घोषणा गर्न बाँकी रहेको र घोषणाको समय पनि तोकिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव गणेश थापा, समन्व्य समितिका सदस्य हरिकला पौडेल, बानपा ६ का वडा अध्यक्ष रुद्रबहादुर केसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति सीता शर्मा, सिवाइसी नेपालका उपाध्यक्ष लक्ष्मण खड्काले मंतव्य व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी तित्याङ माविका प्रधानाध्यापक कुमारप्रसाद उपाध्याय, तित्याङ स्वास्थ्य चौकीका प्रमुख नारायणप्रसाद पौडेल, स्थानिय बाल संजालका अध्यक्ष निश्चल थापा र तित्याङ माविका बिद्यार्थी कवुल थापाले पनि मंतव्य व्यक्त गर्नु भएको थियो । बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणाको प्रतिवेदन वडा अध्यक्ष राजु थापाले प्रस्तुत गर्नुभएको थियो ।

घोषणा पूर्व स्थानीयवासी, जनप्रतिनिधी, बिद्यार्थी, शिक्षक, अभिभावक लगाएतको सहभागीतमा भजन किर्तन, पञ्चेवाजा, झाँकी सहितको ¥याली प्रदर्शन गरिएको थियो । कार्यक्रम वडा अध्यक्ष राजु थापाको अध्यक्षता, वडा सदस्य राजु खड्काको स्वागत तथा टिका थापा र इन्द्रा खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ग्रेस बागलुङको शिक्षा मेला

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com