Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङ देखि पोखरा विधुतिय माइको बसको भाडा घट्यो

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ , १ चैत । धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि. बागलुङले संचालन गरेको विद्युतिय माईक्रो बसको भाडादर घटाएको छ  । प्रालिले बागलुङ –पोखरा विद्युतिय माईक्रो बस संचालन गरेको एक वर्ष पुगेको अवसरमा भाडादर घटाएको जानकारी गराएको हो ।

यस भन्दा अगाडि ४५० का दरले प्रती व्यकति लिदै आएकोले अहिले  भाडाँमा ५० रुपैयाँ घटाएको प्रालिका अध्यक्ष उमेश केसीले जानकारी दिए ।  आज चैत्र १ गते देखि लागु हुने गरि घटाएको हो  ।

त्यसैगरी म्याग्दी–पोखरा पनि ५५० रुपैयाँबाट घटाएर ५०० रुपैयाँ भाडादर कायम गरिएको अध्यक्ष केसीले बताए ।

बागलुङ–पोखराका लागि गत वर्ष फागु पुर्णिमाकै दिन विद्युतिय माईक्रो बस सेवा संचालन गरिएको थियो । सुरुवाती चरणमा दुई वटा बस बाट सेवा संचालन गरेको बागलुङ–पोखराका लागि हाल २० वटा माईक्रो बस संचालनमा आएका छन ।

प्रालिले म्याग्दीको बेनीबाट पोखराका लागि पनि ५ वटा बस संचालन गरेको छ भने बागलुङ– नारायणगढका लागि पनि ५ वटा बस संचालनमा ल्याएको प्रा.लिका संचालक उमाकन्त शर्मा बाबुले जानकारी दिए ।
विद्युतीय सवारी साधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालिले सेवालाई थप व्यवस्थित गराउन भाडादर घटाएको हो । ‘इलेक्ट्रिक’ बस सेवा सञ्चालनमा ल्याइएसँगै वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युतको प्रयोग हुने हुँदा यो यात्राका लागि पनि सहज र सस्तो हुने शर्मा बताउछन् ।
विद्युतिय माईक्रो बसले पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसले गर्दा पर्यावरण सफा राख्न मद्दत पु¥याउँछ, पेट्रोल र डिजेलमा खर्च हुने पैसा समेत जोगिनेछ, चार्जिङका लागि पनि बागलुङका विभिन्न ठाउँमा व्यवस्थापन गरिएको प्रा.लीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ताजा समाचार

बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

बागलुङले पायो दुई मन्त्री

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com