बागलुङ , १ चित्र । धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी समुहबाट स्ववियु सभापतिका उम्मेदवार दिपक सुवेदीले फिर्ता गरेका छन ।
उनले आज पत्रकार सम्मेलन मार्फत उम्मेदवार फिर्ता गरेको जनाएका छन ।उनले आफु सरासर अध्यक्षका लागि दावेदार र योग्य उम्मेदवार भएपनि आफ्नो मातृ पार्टी नेपाली काँग्रेस र संगठनले स्वभियु कोषाध्यक्ष रहेकी सृष्टि आचार्यलाई अध्यक्षको टिकट दिएपछि आफु असन्तुष्ट रहेर उम्मेदवारी दिएको भएपनि उनले उम्मेदवारी फिर्ता लिएका हुन ।
उनले आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका समेत जनाए ।