Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियु चुनावको तयारी पुरा

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, ४ चैत । बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचन समितिले मंगलबार (चैत ५ गते) हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

निर्वाचनको लागि मतपत्र छपाई, मतदाता संख्या, मतदानको लागि मतदान स्थान निर्माण कार्य सक्किएको निर्वाचन अधिकृत गोविन्दराज गौतमले जानकारी दिनुभयो । उहाँले निर्वाचनमा धवलागिरि बहुमुखी क्याम्पसका १ हजार ४ सय ७० जना विद्यार्थी मतदाता रहेको बताउनुभयो ।

मतदानको लागि क्याम्पस परिसरमा तारबार लगाइएको छ । मतदान केन्द्रको सुरक्षा व्यवस्था समेत कडा पारिएको निर्वाचन अधिकृत गौतमले बताउनुभयो । उहाँले मतदानको दिन क्याम्पसको पश्चिम (मुल गेट) गेटबाट मतदान गर्ने मतदाता र आधिकारिक व्यक्तिलाई मात्र प्रवेश दिइने र दक्षिण गेटबाट बाहिर निस्कने व्यवस्था मिलाइएको बताउनुभयो ।

धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) नेतृत्वका लागि पहिलो पटक दुई महिला उम्मेदवार मैदानमा उत्रिएका छन् । स्ववियु निर्वाचनमा अध्यक्ष पदको लागि अखिल संयुक्त प्यानलबाट अनेरास्ववियुकी आश्मिन शेख र नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघबाट सृष्टि आचार्यले उम्मेदवारी दिनुभएको हो । कांग्रेसले नेविसंघको एकल प्यानल बनाएको हो भने एमाले, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस र राप्रपाको संयुक्त प्यानल बनेको हो ।

अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेविसंघका नेता दिपक सुवेदीले गतशुक्रबार उम्मेदवारी फिर्ता लिएको र नेविसंघकी उम्मेदवार आचार्यलाई समर्थन गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो । सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि क्याम्पसमा पहिलो पटक छात्रा अर्थात् महिला स्ववियु सभापति पाउने अवस्था पनि बनेको छ । नेविसंघले हालकी कोषाध्यक्ष सृष्टी आचार्यलाई उमेदवार बनाएको होभने अखिल संयुक्तबाट हालकी सदस्य तथा अनेरास्ववियु जिल्ला सचिवालय सदस्य आश्मिन शेखलाई उमेदवार बनाएको छ । दुवैजना स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी हुन् ।

यस्तै अखिल संयुक्तबाट प्रत्यक्ष तर्फ सचिवमा रुद्रबहादुर पुन र कोषाध्यक्षमा रेखा शर्माले उमेदवारी दिनुभएको छ । सदस्यहरुमा विकल्प घर्ती मगर, सृष्टि क्षेत्री, दिपिका खड्का, सन्दिप बहादुर थापा, सुभम जिसी, भुषन थापा, सुधन विश्वकर्मा र किस्मत घर्ती मगरले उमेदवारी दिनुभएको छ ।

नेविसंघबाट प्रत्यक्ष तर्फ सचिवमा सचिन हरिजन र कोषाध्यक्षमा विशाल थापा र सदस्यहरुमा दिपसागर सुवेदी, प्रशान्त सुवेदी, सृष्टि घर्ती, सुदिप घर्ती, सुवासबावु घर्ती मगर, सुभम राजभण्डारी, मनिषा घर्ती र सेमान्त पौडेलले उमेदवारी दिनुभएको छ ।

यस्तै समानुपातिक तर्फ अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अखिल (छैठौं), स्वतन्त्र विद्यार्थी समूह, ने.वि.संघ र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सहभागी छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

ताजा समाचार

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com