बागलुङ, १७ चैत । बागलुङ उद्योग बाणिज्य संघको १९ औ महाधिवेशनबाट अध्यक्षमा राजन कुमार शाक्य निर्वाचित हुनुभएको छ ।
आईतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार प्रतिद्वन्दी उमाकान्त शर्मा ‘बाबु’लाई १२५ मतअन्तरले पराजित गर्दै शाक्य निर्वाचित हुनुभएको हो । शाक्यले ६४४ र शर्माले ५ सय १९ मत प्राप्त गर्नुभएको छ । शाक्य र शर्मा दुवै नेपाली काँग्रेस निकटका व्यवसायी हुनुहुन्छ । दुई जनाले प्यानल खडागरेर निर्वाचनमा होमिनुभएको थियो ।
यस्तै, संघको महिला सदस्यतर्फ कमला पराजुली, सविता आचार्य र सिर्जना राजभण्डारी विजयी हुनुभएको छ । विजयी शर्मा, आचार्य र राजभण्डारीले क्रमशः ५ सय १२, ५ सय ५८ र ४ सय ८८ मत प्राप्त गर्नुभएको छ । उद्योग सदस्यतर्फ राम प्रसाद शर्माले ६ सय ८४, चुडामणि सापकोटाले ५ सय ४६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
संघको खुल्ला सदस्यमा ऋषिराम गौतम (८२२), अर्जुन प्रसाद कँडेल (६६३), अकिल बहादुर क्षेत्री ‘ध्रुव’ (६३५), नविन कुमार श्रेष्ठ (६३०), इन्द्रमणी पौडेल ‘अर्जुन’ (६०८, चन्द्रराज रेग्मी (५७९, मनिष राजभण्डारी (५४९), दिपक हमाल (६०९), सुदिप सागर कँडेल (६०२, श्रीजय श्रेष्ठ (५५४), बद्री ढुंगाना ‘दाह्री’ (५९१) उमेश केसी र राजु गौतमले समान (५३८) मतसहित विजयी हुनुभएको छ ।
१ हजार ४ सय १६ मतदाता रहेको बागलुङ उद्योग वाणिज्य संघको शनिबार सम्पन्न मतदानमा १ हजार १ सय ३३ मत खसेको थियो ।