Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

दोश्रो आदर्श कप सुरु

  • सुजन रेग्मी
  • १ वर्ष अगाडि

बागलुङ, १५ जेठ । बागलुङमा दोस्रो संस्करणको एसईई स्तरीय आदर्श कप पुरुष तथा महिला फुटबल प्रतियोगिता बिहिबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै उपप्रमुख खड्काले प्रतियोगिता खेलाडीको क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले निजी विद्यालयले सामाजिक र खेलकुद क्षेत्रमा अघि सरेकोमा खुसी व्यक्त गर्नुभयो ।

उद्घाटन सत्रमा बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष एवम् नगर खेलकुद विकास समितिका संयोजक सुरज बोसेल र नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । आदर्श स्पोर्टस क्लबका अध्यक्ष राजेश के.सी.को अध्यक्षतामा सम्पनन भएको उद्घाटन समारोहमा शिक्षिका जुना के.सी.ले स्वागत मन्तव्य र क्लबका उपाध्यक्ष युनिस मियाँले संचालन गर्नुभएको थियो ।

प्रतियोगिताको पहिलाे खेल छात्र तर्फ गरिमा आवासिय माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा गरिमाले फ्युचर ब्राइटर माध्यमिक विद्यालयलाई पराजित गर्यो ।

खेलको १८ औं मिनेटमा फ्युचरका निशान कार्कीले गोल गर्दै अग्रता दिलाएपनि गरिमाका अप्सन केसीले दोस्रो हाफको १० औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । निर्धारित समय १–१ गोलको बराबरीमा भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।

पेनाल्टीमा गरिमाले फ्युचरलाई ४–३ गोलअन्तरले पराजित गर्यो । पेनाल्टीमा गरिमाको लागि अप्सन गौतम, गगन थापा, प्रिन्स कुँवर र चिराग रोकाले गोल गर्दा सविन थापाको प्रहार बाहिरिएको थियो । फ्युचरको लागि निसान कार्की, भोज बहादुर नेपाली, आशिष सुनारले गोल गरे । फ्युचरका आयुश कुँवरको प्रहार बाहिरियो भने अरुण भण्डारीको प्रहार गरिमाका गोलरक्षक दिप घर्तिले रोकेका थिए ।

यस्तै छात्रा तर्फ न्यू ओयसिस एकेडेमीले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ओयसिसले धौलागिरी आवासिय माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले पराजित गर्यो । आयुषा आलेले खेलको इन्जुरी समयमा गरेको गोल नै ओयसिसको जितमा निर्णायक बन्यो ।

प्रतियोगिताको दोस्रो दिन शुक्रबार छात्रतर्फ न्यु एभरेष्ट एकेडेमीविरुद्व रुद्रेपिपल, आयोजक आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय ‘निलो’विरुद्व न्यु ओयसिस र चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलविरुद्व अमर आदर्श माध्यमिक विद्यालयले खेल्ने छन्भने छात्रातर्फ फ्युचरविरुद्व रुद्रेपिपल माध्यमिक विद्यालय र आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय विरुद्व विद्यामन्दिर माध्यमिक विद्यालयले प्रतिष्पर्धा गर्ने छन् ।

आदर्श स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता जेठ २० गतेसम्म बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेलमैदानमा संचालन हुनेछ ।

प्रतियोगिताको पुरुषतर्फ विजेताले नगद ७५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछभने उपविजेताले ३७ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै महिलातर्फको विजेता टोलीले नगद ३० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद १५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष केसीले बतानुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा करेन्ट लागेर एक जना घाईते

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com