Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सम्बोधन परियोजनाको पत्रकारसंग अन्तरक्रिया कार्यक्रम

  • नेपाल सञ्चार
  • ११ महिना अगाडि

नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङ अन्तरगत  फेयरमेडको सम्बोधन परियोजनाले बागलुङका क्रिर्याशिल पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
२०७५ सालदेखि बागलुङमा शुरु भएको फेयरमेड परियोजना चालु आर्थिक वर्षदेखि नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङ अन्तरगत रहेर स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ ।

दुर दराजमा स्वास्थ्य सचेतना, प्रशोगशाला स्थापना, उपकरण, प्रसुती प्रतिक्षघर, गाउँघर क्लिनक र बर्थिङ सेन्टर स्थापना र स्तरोन्नती गरिरहेको सम्बोधन परियोजनाले चालु आर्थिक वर्षमा एक करोड ९६ लाख बजेट विनियोजन गरेर काम गरिरहेको छ ।

परियोजनाका टिम लिडर गणेश बरुवालका अनुसार अपाङ्गतालाई सहायता, सिपमुलक तालिम तथा बिउँपूजीको समेत परियोजनाले सहयोग गर्दै आएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा पालिकाको सहकार्यमा गरिएको कार्यक्रमले दीगोपनामा सघाएको बताउदै स्वास्थ्य क्षेत्रमा बागलुङले फड्को मारेको बताउनुभयो ।
यस्तै बागलुङका १० वटै पालिकाको सहकार्यमा विभिन्न स्वास्थ्यका कार्यहरु गर्दै आएको बरुवालले जानकारी दिनुभयो । परियोजनाले १० वटै पालिकामा सहजकर्तामार्फत स्वास्थ्य संस्था सुधार, शुन्य होम डेलीभरीको अभियान चलाइरहेको सम्बोधन परियोजनाका संयोजक विष्णु सुवेदीले जानकारी दिनुभयो ।

यस्तै परियोजना र आम सर्वसाधरणलाई प्रभाव पार्ने कथाको विषयमा परियोजनाका सुजन पौडेलले पत्रकारलाई जानकारी गराउनुभएको थियो । उहाँले समाजलाई सकरात्मक प्रभाव पार्ने खोजमुलक समाचारको प्रभावकारीताको विषयमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङका अध्यक्ष याम कँडेलको अध्यक्षता, पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापाको मन्तव्य तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङका कार्यक्रम व्यवस्थापक  ममिता पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने
चैत्राष्टमी मेलामा ४३ लाख खर्च
चैत्राष्टमी मेलामा ४३ लाख खर्च

ट्रेन्डिङ

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

महतोले सार्वजनिक गरे वाणिको उडान

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com