Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रेस युनियनको सयदिने सदस्यता विशेष अभियान बागलुङमा सुरु

  • नेपाल सञ्चार
  • १२ महिना अगाडि

बागलुङ, २२ साउन । नेपाल प्रेस युनियनको सय दिने सदस्यता विशेष अभियान बागलुङमा सुरु गरिएको छ । नेपाल प्रेस युनियनका केन्द्रीयअध्यक्ष शिव लम्सालको उपस्थीतिमा बिहीबार अभियानको सुरुवात गरिएको हो ।

अध्यक्षलम्सालले नयाँ सदस्यइशिकाथापा मगर र शिशिर जिसीलाई नेपाल प्रेस युनियनको सदस्यताप्रदान गरी अभियानको सुरुवात गरे । गण्डकी प्रदेशमाबागलुङ यो अभियानको सुरुवात गर्ने पहिलो जिल्ला पनि हो । यो अभियानमा पुुराना सदस्यको सदस्यतानविकरण गर्ने र नयाँपत्रकारलाई प्रेस युनियनको सदस्यता प्रदान गरिने छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष  लम्सालले प्रेस युनियनलाई श्रमजिवी पत्रकारहरुको बलियो संगठन बनाउनका लागि यो अभियान सञ्चालन गरिएको बताए । ‘अहिले जो पनिपत्रकार हुने भन्ने खालको  प्रश्न हामीमाथि छ,’उनले भने,‘हामीहाम्रो संगठनलाई विशुद्ध श्रमजिवी पत्रकारको संगठन बनाउन र पत्रकार र पत्रकारिताको विकासमा लगाउनलागि यो अभियान चलाएका हौं ।’ पत्रकारितालाई पेशा बनाएकालाई मात्र प्रेस युनियनमा आवद्ध गराउने गरी अभियान चलेको उनले बताए ।

‘पत्रकार महासंघले पनि सदस्यता सुद्धीकरण भनेर अभियान चलायो, त्यसमा अनेकन विवाद पनि भए,’उनले भने,‘हामीले हाम्रो संगठनलाई पत्रकार आवद्ध बनाउने र अन्य क्षेत्रमा प्रवेश गरेकालाई विदाई गर्ने अभियान हो ।’ सधैं महाधिवेसन केन्द्रीत सदस्यता वितरणले समस्या देखिएकाले यस पटक पहिले नै यो अभियानचलाएको उनले बताए । फरक प्रसङ्गमा उनले अहिले डिजीटल सञ्चार माध्यमहरु स्थानीय अधिकारीले दर्ता गर्ने भनेर आएकोमा आफुहरुको असहमती भएको बताए ।

‘डिजीटल सञ्चारमाध्यम दर्ता गर्ने भन्ने हुनै सक्दैन, अभिलेखीकरण गर्ने हो । अभिलेखीकरण गर्ने कुरालाई राज्यले साँच्चै सजिलो बनाउन खोजको हो भने वडा वडाबाट अभिलेखीकरण हुने व्यवस्था गर्नुपर्छ । होईन भने यो विषय मान्य हुन सक्दैन ।’ अभिलेख गर्ने र दर्ता गर्ने विषय फरक भएको उनले उल्लेख गरे । ‘स्थानीयअधिकारीलाई मन लागे दर्ता गर्ने मन नलागे दर्ता नगर्ने भन्ने गरी अधिकार दिने विषयमा हामी सहमत छैनौं,’उनले भने,‘दर्ता गर्ने कुरा पहिले नै डोमिनलिदा नै दर्ता भैसकेको हुन्छ । त्यसलाई अभिलेख गर्ने र नियमनगर्ने निकाय स्वायत्त संस्था हुनुपर्छ भनेर हामीले भन्दै आएका छौं ।’

उक्त अवसरमा केन्द्रीय अध्यक्ष लम्सालले जिल्ला अध्यक्ष संगम घर्तीमगरलाई सदस्यता फाराम हस्तान्तरण गरेका थिए । नेपाल प्रेस युनियन बागलुङले यस अगाडि बाटै सदस्यता नविकरणको प्रक्रिया थालेको छ । अबको एक महिनाभित्र सदस्यता नविकरण र नयाँ सदस्यता वितरणको पहिलो चरणको काम सम्पन्न गरेर साधारणसभा गर्ने र त्यसपछि पुनः सय दिने अभियानलाई निरन्तरता दिने प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरले बताए ।

 

नेपाल प्रेस युनियन बागलुङ अध्यक्ष संगम घर्तीमगरको अध्यक्षतामा सम्पन्नकार्यक्रममा उपाध्यक्ष सुवास आचार्यकाे स्वागत  र  सचिव डम्मर बुढामगरले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

ताजा समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

ट्रेन्डिङ

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com