Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विशेष सम्पादकीय: राजनीतिक औचित्यको समाप्ति

  • १२ महिना अगाडि

सोमबारको सडक प्रदर्शनमा डेढ दर्जन युवाहरूको गोली लागेर मृत्यु भएको घटनाले नेपालको राजनीति फेरि एकपटक गहिरो प्रश्नमा उभ्याएको छ। यो केवल सडकमा भएको भिडन्त वा सामान्य सुरक्षात्मक त्रुटि मात्र होइन, बरु मुलुकको नेतृत्व क्षमतामाथि उठेको गम्भीर प्रश्न हो।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राजनीतिक औचित्य यस घटनापछि समाप्त भएको ठहर गर्न सकिन्छ। किनभने, जिम्मेवार नेतृत्व भए सडकमा नारा–जुलुस गर्ने युवाहरूले ज्यान गुमाउनुपर्ने थिएन। जनताको जीवन र सुरक्षाप्रति संवेदनशीलता भएको भए, शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक टुङ्गोमा पुर्‍याउन राज्य संयन्त्रलाई प्रयोग गरिनुपर्ने थिएन।

ओली र देउवा दुवै नेतामा लोकतान्त्रिक मूल्यप्रति आवश्यक सम्मान देखिँदैन। सत्तामा हुँदा वा प्रतिपक्षमा हुँदा, उनीहरूले आम नागरिकको आवाजलाई सुन्ने धैर्य कहिल्यै देखाएनन्। सामाजिक सञ्जालमार्फत व्यक्त भएका असन्तोषलाई दमन गरेर दबाउने, कानुनको डर देखाएर आलोचकलाई चुप गराउने, र स्वतन्त्र अभिव्यक्तिलाई नियन्त्रण गर्ने प्रवृत्ति निरन्तर देखाइयो।

विशेष गरी ओलीको राजनीतिक शैली असहिष्णुतामै केन्द्रित रह्यो। सामाजिक सञ्जाललाई ‘शत्रु’ ठान्दै उनले पटक–पटक यसको नियन्त्रण र बन्द गर्ने प्रयास गरे। प्रतिपक्षमा रहँदा समेत उनले सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने आवाजलाई साथ दिएर आफ्नो अधिनायकवादी सोच प्रकट गरेका थिए। देउवाले पनि जनताप्रति जिम्मेवार विकल्प दिन असफल भई पुरानै शैलीलाई निरन्तरता मात्र दिए।

आज सडकमा रगत बगेको छ, युवाहरूको भविष्य अधुरो बनाइएको छ। यस दुःखद क्षणमा प्रश्न उठ्छ— यस्तो अवस्थासम्म ल्याउने नेतृत्वलाई अझै कति समय ‘औचित्यपूर्ण’ मान्ने? लोकतन्त्र भनेको नागरिकको आवाज सुन्ने, आलोचनालाई सहने र समाधानतर्फ अघि बढ्ने प्रक्रिया हो। तर, ओली र देउवाको राजनीति यथार्थमा लोकतान्त्रिक होइन, केवल सत्ताकै वरिपरि घुम्ने खेल साबित भएको छ।

यही कारणले, नेपाली राजनीतिमा नयाँ पुस्ताको नेतृत्व अपरिहार्य भएको छ। पुरानो पुस्ताका असंवेदनशील र असफल नेताहरूले मुलुकलाई अझै अँध्यारोमा डुबाउन नदिने जिम्मेवारी अब जेन–जी पुस्ताकै काँधमा आएको छ।

👉 प्रधानमन्त्री ओली र सभापति देउवाको राजनीतिक औचित्य सोमबारको सडक रगतसँगै समाप्त भएको छ भन्ने यथार्थलाई स्वीकार नगरी अब मुलुक अघि बढ्न सक्दैन।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा करेन्ट लागेर एक जना घाईते

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com