बागलुङ ,२४भदौ । बागलुङ नगरपालिका वडा नम्बर ०३का वडा अध्यक्ष सनि केसीले आफ्नो पदबाट राजिनामा दिएका छन ।
मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत पछिल्लो समय देशको घट्नाक्रमले दुःखी बनाएको बताउँदै राजीनामा दिएको बताए ।
आज नै नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठलाई राजीनामा बुझाउन गएपनि नभेट्याएको र पालिकापनि बन्द रहेकोले पालिका खुल्दाको दिन हस्तान्तरण गर्ने उनले बताए ।










