Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

  • नेपाल सञ्चार
  • ८ महिना अगाडि

बागलुङ , २३ कार्तिक । बागलुङ नगरपालिका–५ स्थित श्री गण्डकी गोपाल गोवंश संरक्षण केन्द्रमा चतुर्मासको अवसर पारेर अखण्ड दिव्य श्रीविष्णुसहस्रनाम पाठपारायण गरिएको छ । गत असार २२ गते हरिशयनी एकादशीदेखि सुरु भएको उक्त पाठपारायण आइतबार समापन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विभिन्न जिल्लाका गुरुजनहरुबाट चार महिनासम्म निरन्तर १४ हजार आवृत्ति पाठ गरिएको श्री विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्यले जानकारी दिए । उक्त अवधिमा भगवान विष्णुका एक हजार पवित्र नामलाई एक करोड ४० लाखपटक पाठ गरिएको हो ।

आइतबार श्रीविष्णुसहस्रनाम पाठपारायणको महापूर्णाहूति, तिलकप्रसाद वितरण, महाअभिषेक एवं गुरुजन र पत्रकार सम्मान कार्यक्रम आयोजना गरिएको पाठपारायणका सङ्कल्पकर्ता श्रीकृष्णमुरारी आचार्यले बताए । वैदिक सनातन धर्म र गौमाता संरक्षणको सन्देश दिने उद्देश्यले श्रीविष्णुसहस्रनाम पाठपारायणको आयोजना गरिएको उनको भनाइ छ । उक्त अवसरमा अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले यस वर्ष एकैसाथ विभिन्न ठाउँमा यज्ञ अनुष्ठान सम्पादन भइरहेको बताए ।

वैदिक सनातम धर्मको रक्षा, गौवंश र जलसम्पदाको संरक्षण एवं धार्मिक पर्यटन प्रवद्धनको उद्देश्य लिइएको उनको भनाइ छ । अहिले पर्वतको जलजला गाउँपालिका–५ हम्पालमा पनि कालाञ्जर महायज्ञ भइरहेको जनाइएको छ । मुस्ताङको मुक्तिनाथमा आयोजित श्रीमुक्तिनाथ षाड्मासिक महायज्ञ र भक्तपुरको श्रीपञ्चमहालक्ष्मी मन्दिर श्रीपीठम्मा श्रीमद्वाल्मीकीय रामायण ज्ञानमहायज्ञ भने सम्पन्न भइसकेको छ ।

सर्वसिद्धिधाम पञ्चकोटसँगै २०७१ सालमा स्थापना गरिएको गण्डकी गोपाल गोवंश संरक्षण केन्द्रमा हाल ५५ वटा स्थानीय जातका गाई रहेका छन् । वैदिक संस्कृतिमा महत्वपूर्ण मानिने गाईको संरक्षणका लागि गोवंश संरक्षण केन्द्र स्थापना गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या

बागलुङ रेडक्रसको ३६ औं साधारण सभा सकियाे

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com