बागलुङ , ४ मंसिर । राष्ट्रिय कर दिवस –२०८२को अवसरमा चारजना करदाता सम्मानित भएका छन । आन्तरिक राजस्व कार्यालय बागलुङ, शाखा कार्यालय पर्वत ,म्याग्दी र मुस्ताङका उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा बागलुङबाट ग्रीन डेवलप्मेण्ट बैक हेम राज शर्मा , म्याग्दीबाट घलेन्दि हाइडेओ लिमिटेडका प्रमोद श्रेष्ठ पर्वतबाट दि क्लिफ प्रालिका राजन कुमार जोशि र मुस्ताङबाट अमित विल्डर्सका प्रेम तुलाचमलाई सम्मान गरेको आन्तरिक राजस्व कार्यालय बागलुङका कर अधिकृत राजन सापकोटाले जानकारी दिनुभयो ।
“कर प्रणालीको सार ,लगानी को आधार ” भन्ने मुल नाराका साथ राष्ट्रिय कर दिवस आज मनाइएको छ । यस भन्दा पहिला मङसिर एक गते मनाउदै आएको कर दिवस आज मनाईएको हो ।
राष्ट्रिय कर दिवस -२०८२ कार्यक्रमको उद्धाटन प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले शुभकामना व्यक्त गर्दै व्यवसायीहरुबाट सिक्न बताउनुभयो । बाहिरी देशको तुलना भन्दा नेपाल पछिल्लो समय बिकास हुँदै गएको र निजि क्षेत्रले बिकासको क्षेत्रमा सरकारले सहयोग गर्दै आएको बताउँदै उहाँले अरुको तुलना गर्न भन्दा आफुले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
शुभकामना मन्तव्यमा सम्मानितको तर्फबाट पर्वतको दि क्लिफ राजन कुमार जोशिले देश चिनाउनका बिभिन्न खेलहरुले बताए । आफ्नो टिमले सहयोग गरेकाले यहाँ सम्म आएको बताउनुभयाे ।
त्यस्तै सम्मानित मुस्ताङमा रहेको अमित बिल्डरसका प्रेम तुलाचनले विकास निर्माणका काममा आर्थिक हिसावमा कम भएता पनि दुर्गम ठाउमा रहेको भएनि राम्रो काम गर्दै आएको बताए । अरुले गर्न नसक्ने काम पनि अमित बिल्डर्सले गरेको बताउदै कोरला नाका सम्म सडक पुर्याएको आफ्नै कम्पनीले गरेको बताउनुभयो ।
त्यस्तै उद्योग वाणिज्य संघ बागलुङका सदस्य सञ्जय श्रेष्ठ , उद्योग वाणिज्य संघका अध्यक्ष सुबिन श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । उनिहरुले विकास भएको छ तर जनताले भने जस्तो नभएको बताए। सरकारले अहिले ल्याएको सेवा कार्यालय हटाउने निर्णयले व्यवसायीलाई अफ्ट्यारो हुने बताए ।
कार्यक्रम प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवश्तवको अध्यक्षता सहायक कर अधिकृत राजनमणि शर्माको स्वागत र करअधिकृत राजन सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।











