Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

  • नेपाल सञ्चार
  • १० महिना अगाडि

बागलुङ, ३० कार्तिक । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन भएको छ ।

कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका४ स्थित आश्रम निर्माणमा महायज्ञ शनिबार समापन सगैँ महायज्ञमा रु.९ करोड ६९ लाख संकलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणमा महायज्ञ शनिबार समापन गरिएको छ ।

शनिबारमात्रै रु. ७५ लाख संकलन भएको थियो । महायज्ञमा दानबिरहरुको उल्लेख्य सहभागिता रहेको पाइएको छ । महायज्ञमा शुक्रबार मात्रै रु. एक करोड ३४ लाख संकलन भएको थियो ।

यस्तै महायज्ञमा बिहिबार सबैभन्दा बढी रकम रु.एक करोड ६२ लाख संकलन भएको थियो । महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमका अनुसार महायज्ञमा १० करोड रकम संकलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको नजिक पुगेको बताउँदै अझैपनि अनलाइनमार्फत सहयोग आउनेक्रम जारी रहेकाले रु.१० करोड पुग्ने बताउनुभयो । महायत्रमा हजारौ दानतादाहरुको सहयोग रहेको गौतमले बताउनुभयो । उहाँले बागलुङ, पर्वत, म्याग्दी लगायत देशका विभिन्न स्थानका साथै विदेशमा रहेका नेपालीहरूले अनलाइन (क्युआर)मार्फत समेत सहयोग गरिरहेको जानकारी दिनुभयो ।

महायज्ञमा शनिबार सबैभन्दा बढी रकम बागलुङ नगरपालिका–४ उपल्लाचौर निवासी ऋषिराम गौतम तथा सरिता गौतमले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि रु. ६ लाख ९ हजार सहयोग प्रदान गर्नुभएको छ । शनिबार आश्रमका चार कोठा मिर्नाणका लागि एक मुष्ट २० लाख सहयोग प्राप्त भएको छ । आश्रम एक कोठा निर्माणका लागि रु. ५ लाख ११ हजार संस्थागत रुपमा समेत प्राप्त भएको थियो । महायज्ञमा पाँच हजार देखि १० लाख सम्म रकम दान संकलन भएको आश्रमले जनाएको छ । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले उत्साहपूर्ण सहयोग प्राप्त भइ महायज्ञ समापन गरिएको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबार बिहिन सडक मानवको पुनस्र्थापनाका लागि निर्माणाधीन आश्रम बागलुङको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । देश–विदेशमा रहेका बागलुङवासी, संघ–संस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा करेन्ट लागेर एक जना घाईते

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com