बागलुङ, ९ पुष । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको आठौँ बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
पुष ११ गते देखि २१ गते सम्म आयोजना आठाँै बागलुङ महोत्सवका बारेमा आज पत्रकार सम्मेलन मार्पmत बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने मूल नारासहित हुन लागेको गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव तयारीको ९० प्रतशित काम सम्पन्न भएको जानकारी दिनुभयो ।
उहाँले मञ्च निर्माण, रमाईलो मेला, विभिन्न स्टल निर्माणको काम तीब्र गतिमा भइरहेको बताउनुभयो ।
कार्यक्रम स्थलको विषयलाई लिएर मुद्धा परेको उल्लेख गर्दै उहाँले अदालतले कार्यक्रम गर्न पाउने निर्णय गरी दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । महोत्सव बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेल मैदानमा हुनेछ ।
उद्योग बाणज्यि संघका निवर्तमान अध्यक्ष नरेश कँडेलले महोत्सवमा सबैखाले गरि २०० भन्दा बढि स्टल हुने जानकारी दिनुभयो । उहाँले स्टलमा बागलुङका स्थानिय उत्पादनहरुलाई प्रथामकिता दिइने बताउनुभयो ।
११ गते महोत्सवको उद्घाटन हुनेछ । उद्घाटनमा झाँकी सहितको र्याली क्याम्पसचोकबाट सुरु गरि बाङ्गेचौर गइनेछ । र्यालीमा सहभाग िहुन ११६ भन्दा बढि संस्थाले नाम टिपाईसकेको बताइएको छ ।
महोत्सवमा ८ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरएिको छ ।
महोत्सवमा जिल्ला र प्रदेशका पर्यटकीय स्थलको वृत्तचित्र प्रर्दशनी, टिकटक च्यालेन्ज, फोटो कन्टेन्ट प्िरतयोगतिा, हाइकिङ एण्ड टुर प्याकेज, मेड इन बागलुङ’ कक्ष स्थापना गरी स्थानीय उत्पादनको प्रवर्धन गर्ने गतिविधि सञ्चालन हुनेछन् ।
महोत्सवमा डिजिटल विज्ञापन, अंग्रेजी नयाँ वर्षको अवसरमा डिजे कन्सर्ट, सुन्तला जोन स्थापना र प्रवर्धन, माछा, होमस्टे कनेक्सन र स्थानीय खानाको प्रदर्शन गरिनेछ ।
महोत्सवमा करिब एक करोड ५० लाख आम्दानी गर्ने र सबै खर्च कटाएर ५० लाख बचत गर्ने लक्ष्य राखिएको छ ।










