बागलुङ, १३ पुस । राष्ट्रसेवक बचत तथा ऋण सहकरी संस्था बागलुङको १५ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन पछि बोल्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष भवानी दाहाल न्यौपानेले सहकारीले मुलुकको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँले सहकारी मुलुकको समृद्धिका लागि स्थापना गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले सहकारी अहिलेको अवस्थामा आइपुग्नुमा समय–समयको नेतृत्वको लगनशीलता र सहनशीलताको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । सरकारले सहकारीलाई सशक्त र सबलीकरण गर्न आवश्यक रहेको बताउँदै सबैको साथ र सहयोग अपरिहार्य रहेको उहाँको भनाइ थियो ।
अध्यक्ष न्यौपानेले निजामती कर्मचारी ऐन लामो समयदेखि थन्किएको कारण नागरिकलाई प्रभावकारी सेवा दिन कठिनाइ भएको बताउनुभयो । उहाँले नागरिकलाई उत्कृष्ट सेवा दिनु आवश्यक रहेको बताउँदै निजामती कर्मचारीका लागि स्वास्थ्य वीमा आवश्यक रहेको समेत बताउनुभयो ।
साधारणसभामा बागलुङ नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष रुद्रबहादुर के.सी., निजामती कर्मचारी संगठन गण्डकी प्रदेशका सहइन्चार्ज तेजप्रसाद निउरे, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य राममणी ढुङ्गाना र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था पर्वतका अध्यक्ष धम बहादुर कुँवरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभाले संस्थाका सचिव सोमराज पाण्डेले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष माधव शर्माले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता जय बहादुर कार्की र कारोबार पिङ्गलराज गौतमलाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा उपाध्यक्ष सरस्वतीदेवी रेग्मीले स्वागत मन्तव्य र सचिव सोमराज पाण्डेयले सञ्चालन गर्नुभएको थियो ।











