Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङमा आजदेखि सुरु भयो आठौँँ बागलुङ महोत्सव

  • नेपाल सञ्चार
  • २ दिन अगाडि

बागलुङ, ११ पुस । बागलुङमा आजदेखि सुरु भएको आठौँँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेल मैदानमा आज देखि २१ गते सुरु भएको हो ।

महोत्सवको उद्धाटन नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका हुन् । व्यावसायिक र पर्यटन गतिविधिका हिसाबले बागलुङ ‘गेट वे’का रुपमा रहेको ढकालले बताए । बागलुङ सम्भावनाले भरिएको ठाउँ हो जसले गर्दा यहाँको विकास र प्रवद्र्धनका आवश्यकता रहेको छ र हरेक हिसाबले बागलुङमा सम्भावना र अवसर छन् ।

नजिकमा रहेको कोराला नाका र सुनौली नाकाले बागलुङको आर्थिक विकासको ढोका खोलेको समेत उनले बताए । अध्यक्ष ढकालले महोत्सवबाट आर्थिक गतिविधि बढ्ने र व्यवसायीहरुलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे । बागलुङ आफ्नो गृहजिल्ला पनि भएकाले थप लगानी भित्राउन पहल गर्ने उनले बताए ।
उद्घाटन समारोहमा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, नेपाल पत्रकार पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटनअघि सांस्कृतिक झाँकीसहितका बागलुङमा रहेको धवलागिरी बहुमुखी क्याम्पसबाट सुर गरिएको बहृत् ¥यालीले बागलुङ बजार परिक्रमा गरि ब बाङ्गेचौरमा गरिणत भएको थियो ।
उद्घाटन समारोहमा विभिन्न आठ विधामा योगदान पु¥याएका आठ व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

महोत्सवमा के के हुँदै छ ।

महोत्सवमा दुई सय बढी व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा खुला प्रदेशस्तरीय पुरूष तथा महिला भलिबल, खुला राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, पचेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भोले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैंटौफोर, तारो हान्नेलगायत विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।

महोत्सवमा फोटो प्रदर्शनी, सांस्कृतिक झाँकी, स्थानीय खाना प्रवद्र्धन, सुन्तला, माछाको प्रदर्शनी, हस्तकला, कृषि तथा पशु, औद्योगिक उत्पादन, स्थानीय जटिबुटी, सूचना प्रविधि आदिको प्रदर्शनी तथा बिक्रीकक्ष रहने अध्यक्ष शाक्यले बताए । अंग्रेजी नयाँ वर्ष पारेर विशेष सांगीतिक कार्यक्रम पनि तय गरिएको जनाइएको छ ।

आठ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको संघका पूर्वअध्यक्ष एवं सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक नरेश कँडेलले बताए । महोत्सवको प्रतिटिकटबाट रू. दस मानवसेवा आश्रम बागलुङलाई सहयोग गरिने उनले जानकारी दिए । यस्तै टिकटबाट उठेको रकमबाट नेपाल पत्रकार महासङ्घ, बागलुङको संस्थागत विकास र जिल्लाको खेलकुद विकासमा सहयोग गरिने उनको भनाइ छ ।

महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोशेली घर सञ्चालन आदिमा खर्च गरिने जनाइएको छ । महोत्सवमा रू। दुई करोड २० लाख आम्दानी हुने र रू. एक करोड ७० लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सव सफल पार्न ४५ वटा उपसिमिति गठन गरिएको संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिए ।

महोत्सवमा रू. एक सयको प्रेवश टिकट तोकिएको छ । विद्यार्थीलाई रू. ७० को टिकट व्यवस्थापन गरिएको छ । ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई निस्शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यालयले सामूहिक रूपमा विद्यार्थीलाई महोत्सव अवलोकनमा लैँजादा पनि प्रवेश शुल्क नलाग्ने जनाइएको छ । महोत्सवमा गायक विष्णु खत्री, प्रकाश सपुत, प्रकाश दुतराज, पशुपति अधिकारी, गायिका समीक्षा अधिकारीलगायत कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।

अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गीतिक ब्याण्डसहित डिजेको विशेष प्रस्तुती रहने जनाइएको छ । महोत्सवलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था चुस्त पारिएको अध्यक्ष शाक्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

राष्ट्रसेवक बचत तथा ऋण सहकारीको साधारण सभा सकियो

बागलुङमा आजदेखि सुरु भयो आठौँँ बागलुङ महोत्सव

आठाैँ बागलुङ महोत्सव तयारी अन्तिम चरणमा

मनोविमर्शकर्ता र सरोकारवालाहरुबिच परिचयात्मक कार्यक्रम  सम्पन्न

सिधाकुरामा भएको समाचार झुट र भ्रम फैलाउने खालको भएको भन्दै तत्काल सच्याउन आग्रह

आठौँ बागलुङ महोत्सव : टिकटक च्यालेन्ज देखि डिजे कन्सर्ट हुँदै

ताजा समाचार

राष्ट्रसेवक बचत तथा ऋण सहकारीको साधारण सभा सकियो
राष्ट्रसेवक बचत तथा ऋण सहकारीको साधारण सभा सकियो
बागलुङमा आजदेखि सुरु भयो आठौँँ बागलुङ महोत्सव
बागलुङमा आजदेखि सुरु भयो आठौँँ बागलुङ महोत्सव
आठाैँ बागलुङ महोत्सव तयारी अन्तिम चरणमा
आठाैँ बागलुङ महोत्सव तयारी अन्तिम चरणमा
मनोविमर्शकर्ता र सरोकारवालाहरुबिच परिचयात्मक कार्यक्रम  सम्पन्न
मनोविमर्शकर्ता र सरोकारवालाहरुबिच परिचयात्मक कार्यक्रम  सम्पन्न
सिधाकुरामा भएको समाचार झुट र भ्रम फैलाउने खालको भएको भन्दै तत्काल सच्याउन आग्रह
सिधाकुरामा भएको समाचार झुट र भ्रम फैलाउने खालको भएको भन्दै तत्काल सच्याउन आग्रह

ट्रेन्डिङ

राष्ट्रसेवक बचत तथा ऋण सहकारीको साधारण सभा सकियो

मनोविमर्शकर्ता र सरोकारवालाहरुबिच परिचयात्मक कार्यक्रम  सम्पन्न

बागलुङमा आजदेखि सुरु भयो आठौँँ बागलुङ महोत्सव

आठाैँ बागलुङ महोत्सव तयारी अन्तिम चरणमा

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com