बागलुङ, पुष ३० गते । बागलुङको बरेङ गाउँपालिकाको हिउँदे १६ औं अधिवेशन तथा गाउँ सभा बुधबार सम्पन्न भएको छ ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा आज भएको हिउँदे अधिवेशन तथा गाउँ सभामा ४ वटा विधेयक सर्व सम्मतले पारित गरि कार्यान्वयन गरिने भएको छ ।
१. आर्थिक कार्य विधि तथा वित्तीय उत्तरदयित्व विधयेक , २०८२
२. बरेङ गाउँ सभा सचिवालय स्थापना र कार्य सञ्चालन कार्यविधि सञ्चालन विधयेक, २०८२
३. बरेङ गाउँपालिका लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि सञ्चालन विधयेक, २०८२
४. बरेङ गाउँपालिकाको बेरुजु फर्सौट कार्यविधि सञ्चालन विधयेक, २०८२
सभामा आर्थिक वर्ष २०८१÷०८२ को मौजाद वजेट बाँडफाड सम्बन्धी सम्सोधन प्रस्ताव बरेङ गाउँपालिका उपाध्यक्ष दिलिप कुमार पुनले प्रस्तुत गरेका थिए ।
त्यस्तै सभामा वडा नं.४ का वडा अध्यक्ष तथा गाउँपालिका विधान समिति संयोजक किशन बहादुर खत्रीले अर्थिक कार्यविधि तथा वित्तीय उत्तरदयित्व बिधेयक प्रस्तुत गरेका थिए भने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बद्रिनाथ पोखरेलले अर्ध वार्षिक प्रगती प्रतिवेदनको प्रस्तुती गरेका थिए ।
गाउँपालिकामा करार सेवामा कार्यरत कर्मचारीहरुको म्याद थप सम्बन्धी प्रस्ताव वडा नं. ३ का वडा अध्यक्ष तथा गाउँपालिकाका सुशासन तथा संस्थागत विकास समिति संयोजक शेर बहादुर खनालद्वारा पेश भएको प्रस्ताव माथी छलफल गरि प्रस्तुत भएका सबै विधेयकहरु उपस्थित भएका सम्पूर्ण सभा सदस्यहरुद्वारा सर्वसम्मतमा पास गरि कार्यान्वन हुने भएको छ ।
गाउँपालिका प्रवक्ता तुफान पुनले बरेङ गाउपालिका सचिवालय स्थापना र कार्य सञ्चालन कार्यविधि विधयेक २०८२ प्रस्तुत गरेका थिए । त्यस्तै बरेङ गाउँपालिका लेखा समिति गठन तथा कार्य सञ्चालन कार्य विधि वडा नं. २ का वडा अध्यक्ष हिरा बहादुर घर्तिले गरेका थिए भने बरेङ गाउँपालिकाको बेरुजु फर्सौट कार्यविधि २०८२ वडा नं. १ का वडा अध्यक्ष तथा गाउँपालिका पूर्वाधार विकास समिति संयोजक नरसेङ पुनले प्रस्तुत गरेका थिए ।
गाउँपालिका मातहतका करार सेवा अन्तरगत कार्यविधि कर्मचारीको म्याद सम्वन्धी प्रस्ताव वडा नं. ३ का वडा अध्यक्ष शेर बहादुर खनालले गरेका थिए । साथै खर्च अनुमोदन गर्ने प्रस्ताव सभामा सभाध्यक्ष कृष्ण प्रसाद शर्माबाट भएको थियो ।












