बागलुङ, २ माघ । धवलागिरि बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सब आज देखि सुरु भएको छ । तत्कालीन धवलागिरि अञ्चलको एक मात्र क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसको आज देखि ६३ औं वार्षिकोत्सब कार्यक्रम सुरु भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।
वार्षिकोत्सबमाको आज माघ २ गते देखि माघ ९ गते सम्म सञ्चालन हुँदै छ । वार्षिकोत्सबमा स्वास्थ्य शिविर देखि विभिन्न प्रतियोगिता रहेका छन ।
जसमा पुर्व विद्यार्थी , सेवानिवृत प्राध्यापा तथा कर्मचारी भेटघाट कार्यक्रम , प्राध्यापक कर्मचारी र स्ववियु बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता ,फुटबल छात्र भलिवल छात्रा ÷ छात्र प्रतियोगिता , क्रिकेट प्रतियोगिता , म्यारथन प्रतियोगिता , वादविवाद प्रतियोगिता, १०० मिटर छात्र÷ छात्रा दौड प्रतियोगिता , ब्याटमिण्टन प्रतियोगिता लठो तान्ने प्रतियोगिता छात्र ÷ छात्रा , प्राध्यापक कर्मचारी र स्ववियु बिच म्युजिकल चियर र घैटो फोर प्रतियोगिता , शैक्षिक बहस साहित्यिक सन्ध्या , अन्तर मावी थिम प्रतियोगिता , नृत्य प्रतियोगिता हुनेछन् ।
पत्रकार सम्मेलनमा बोल्दै धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख सह प्राडा सुदर्शन सिलवालले खेलका लागि सब्य र भब्य रुपमा सफल पार्नका लागि आग्रह गर्नुभयो । उहाँले सैद्धान्तिक रुप जानेको ज्ञानलाई व्यवहारमा लागू गर्नु पर्ने बताउनुभयो । क्याम्पस भित्र गरिने सिकाईलाई समाजमा लागू हुनुपर्ने उहाँले बताउनुभयो ।
सम्मेलनमा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
धवलागिरि बहुमुखी क्यम्पसका क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिन बहादुर थापाको अध्यक्षता, सहायक क्यापस प्रमुख हरि प्रसाद पाण्डेकाे स्वागत र सहायक क्याम्पस प्रमुख डिल्लिराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।












