Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

निर्वाचनको आचारसंहितामा कडाई, पालना नगरेमा कार्वाही

  • नेपाल सञ्चार
  • ३९ सेकेन्ड अगाडि

बागलुङ , ६ फागुन । आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचनको आचारसंहितामा पनि सवैलाई कडाई गरिने भएको छ ।

मंगलबार देखी दल र उम्मेदवारहरुले औपचारिक रुपमा निर्वाचन प्रचारप्रसारका अभियान सुरुवात गरेपनि आचारसंहिताभित्र रहेर काम गर्नुपर्नेमा जोड दिइएको छ । जिल्ला निर्वाचन कार्यालय, बागलुङद्वारा मंगलबार आयोजित कार्यक्रममा राजनीतिक दललगायतले निर्वाचन आचारसंहिता पालनामा जोड दिएका हुन् ।

निर्वाचन आचारसंहिता सम्बन्धी उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सबैले अनिवार्य रूपमा आचारसंहिता पालना गर्नुपर्ने बताए ।उनले आम मतदाता, राजनीतिक दल, उम्मेदवार, कर्मचारी, पत्रकार, सरकारी तथा गैरसरकारी संस्था र व्यवसायी सबैमा आचारसंहिता लागू हुने स्पष्ट पारे। प्रमुख जिल्ला अधिकारी आचार्यले आचारसंहिता विपरीत कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने र उम्मेदवारले उल्लङ्घन गरेमा उम्मेदवारी रद्द हुन सक्ने कानुनी प्रावधान रहेको जानकारी दिए। सामाजिक सञ्जाललगायतका माध्यमबाट बढी आचारसंहिता उल्लङ्घन भइरहेको उल्लेख गर्दै यसको प्रभावकारी अनुगमनका लागि जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले विशेष ध्यान दिनुपर्ने सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले निर्वाचन आचारसंहिताको आवश्यकता तथा निर्वाचन अवधिमा गर्न मिल्ने र नमिल्ने कार्यबारे प्रस्तुतीकरण गरेका थिए। उनले प्रचारप्रसार गर्दा वातावरणमैत्री र प्रदूषण नियन्त्रणमा योगदान पुग्ने गरी गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बागलुङ निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत भीम सुवेदीले हालसम्म लिखित उजुरी नआएको र मौखिक उजुरीका विषयमा सम्झाइबुझाइ गरिएको जानकारी दिए। उनले निर्वाचन आचारसंहिता स्वयंले आत्मसात् गर्नुपर्ने विषय भएकाले सबै सम्बन्धित पक्ष सजग हुनुपर्ने बताए ।
निर्वाचन आचारसंहिता २०८२ अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिन भन्दा १७ दिन अघिदेखि अर्थात सोमबारबाट मात्रै चुनावी प्रचारप्रसार अभियान शुभारम्भ भएको छ ।
चुनावी जुलुस, आमसभा, कोणसभा वा भेला निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा निर्वाचनको आचारसंहिता २०८२ को दफा १३ अनुसार आचारसंहिताको पूर्ण पालना गर्न गराउन सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले आग्रह गरेका छन ।

चुनाव लक्षित जुलुस, आमसभा वा भेला गर्दा स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा २४ घण्टा अगाडि जानकारी गराई प्रशासनबाट अनुमति लिनुपर्ने हुन्छ । प्रशासनबाट अनुमति लिनका लागि उम्मेदवार वा दलका अख्तियार प्राप्त अधिकारीले जिल्ला प्रशासन कार्यालयको इमेलमार्फत निवेदन दिन सक्ने प्रशासनले जनाएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति जित शेरचन, नेकपा एमालेका उम्मेदवार हिरा केसी, रास्वपाका शुसिल खड्का राजमोका प्रतिनिधि थानेश्वर गौतम, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, सहित राजनीतिक दलका प्रतिनिधि, अन्य सामाजिक संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षता र सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माको सञ्चालन सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

निर्वाचनको आचारसंहितामा कडाई, पालना नगरेमा कार्वाही

बागलुङ बजारमा खाना पकाउने ग्यास अभाव भएको सुनेपछि प्रशासनले गर्यो अनुगमन

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

ताजा समाचार

निर्वाचनको आचारसंहितामा कडाई, पालना नगरेमा कार्वाही
निर्वाचनको आचारसंहितामा कडाई, पालना नगरेमा कार्वाही
बागलुङ बजारमा खाना पकाउने ग्यास अभाव भएको सुनेपछि प्रशासनले गर्यो अनुगमन
बागलुङ बजारमा खाना पकाउने ग्यास अभाव भएको सुनेपछि प्रशासनले गर्यो अनुगमन
शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

ट्रेन्डिङ

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङ बजारमा खाना पकाउने ग्यास अभाव भएको सुनेपछि प्रशासनले गर्यो अनुगमन

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com