Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

चिल्ड्रेन लाईफका उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत

  • नेपाल सञ्चार
  • २ महिना अगाडि

बागलुङ , ३० फागुन । बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखामा रहेको चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाइ पुरस्कृत गरेको छ ।

विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण र सम्मान गरेको हो ।

पुरस्कार वितरण र सम्मान कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठले खेलकुदले विद्यार्थीको चौचर्फी विकासकालागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।नगर स्तरीय र जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विद्यालयबाट सहभागी भई विजेता बनेका विद्यार्थीलाई पुरस्कार वितरण र सम्मान गरिएको हो । प्रतियोगितामा स्वर्ण, रजत र काश्य पदक जित्न सफल खेलाडीहरूलाई क्रमशः नगद ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको हो । उनीहरुलाई ट्रयाकसुट समेत प्रदान गरिएको थियो ।

पदक विजेता उत्कृष्ट खेलाडीहरूलाई विद्यालयले प्रोत्साहन स्वरूप शतप्रतिशत र ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ ।

त्यस्तै गण्डकी प्रदेश स्तरीय हिसान कप फुटसल प्रतियोगितामा कास्कीबाट उपाधि जितेर बागलुङ जिल्लाकै साख जोगाउन सफल खेलाडीहरूलाई नगद र ट्राक सहित सम्मान गरिएको छ ।युनिभर्सल सबलाइम एकेडेमीको २३ औँ वार्षिक उत्सवमा आयोजित आधारभूत विद्यालय स्तरीय रनिङशिल्ड हाजिर जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरू नगद र प्रमाणपत्रबाट सम्मानित भए ।

आठौँ बागलुङ महोत्सवको कथा वाचन प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको प्राथमिक तह संयोजक जीवन रोका क्षेत्रीले जानकारी दिए ।कार्यक्रममा विभिन्न विधाका खेल प्रशिक्षकहरूलाई नगद तथा प्रमाण–पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रिन्सिपल नवराज श्रेष्ठ र सञ्चालन नारायाण प्रसाद पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ट्रेन्डिङ

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com