Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

लकडाउन अवधिपछि ९६ लाख कामदारले रोजगारी गुमाउने

  • ६ वर्ष अगाडि

काठमाडौं । सरकारले लकडाउन अवधिपछि तत्काल ९६ लाख ७९ कामदारले रोजगारी गुमाउने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोगको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो।

कोभिड–१९ को महमारी नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दीले मुख्य प्रभावित ११ क्षेत्रमध्ये ९ वटा क्षेत्रले ठूलो संख्यामा रोजगारी गुमाउने अनुमान छ। आयोगले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत विभिन्न निकायबाट तथ्यांक संकलन गरेको थियो।

लकडाउन अगाडिसम्म ११ क्षेत्रमा एक करोड ५४ लाख कामदार कार्यरत रहेको तथ्यांकले देखाउँछ। ती क्षेत्रमध्ये सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा कति कामदार छन् यकिन नभए पनि रेकर्डमा आठ लाख ३० हजार देखिएको छ। यो पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, होटल, होमस्टे, साहसिक पर्यटन र पुरातत्व सम्बन्धित क्षेत्रबाट संकलित तथ्यांक हो। यो क्षेत्रका कामदार प्रायः सबैको रोजगारी गुम्ने अनुमान गरिएको छ।

करार नवीकरण गर्न बाँकी, दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने तथा असांगठनिक क्षेत्रका कामदार अहिले नै संकटमा परिसकेका छन्। त्यसबाहेक अरु क्षेत्रका व्यवसायीले पनि सरकारले समयमै प्याकेज ल्याउन नसके तलब खुवाउन नसक्ने चेतावनी दिएका छन्।

११ क्षेत्रमध्ये दुई वटा क्षत्रेमा भने कामदारको संख्या थपिने सक्ने आयोगको अध्ययनले देखाएको छ। लकडाउनपछि सहरी विकास मन्त्रालयअन्तर्गतका सहरी पूर्वाधार, भवन र आवास निर्माण कार्यक्रममा १३ हजार कामदार थपिने अनुमान गरिएको छ। निर्माणका काम नबिथोलिने भएकाले अन्य क्षेत्रका कामदार पनि यसमा आकर्षित हुन सक्नेछन्।

त्यसबाहेक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमातहतका प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनामा ४० हजार कामदार थपिने अनुमान गरिएको छ। अन्नपूर्ण पोष्ट बाट

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com