Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सुनको मूल्य हालसम्मकै उच्च : प्रतितोला रू एक लाख १० हजार

  • ३ वर्ष अगाडि

काठमाडौँ, ५ चैत। सुनचाँदी बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख १० हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख सात हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू दुई हजार नौ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख नौ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख छ हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रू ३५ वृद्धि भई रू एक हजार तीन सय ४५ पुगेको महासङ्घले जनाएको छ ।

पछिल्लो समय सुनचाँदी बजारमा सुन तथा चाँदीको मूल्य बढ्दै गएको छ । यसअघि गत माघमा सुनको मूल्य प्रतितोला रू एक लाख सात हजार पाँच सयमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन औसत एक हजार नौ सय ८८ दशमलव ११ डलरमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

महिला समुहलाई बाख्रा उपहार

एकैदिन ७ हजार ४ सयले बढ्यो सुनको मूल्य

बागलुङमा आठाैँ बागलुङ महोत्सव हुने

सुन चाँदी दुबैको बढयो मुल्य

हरितालिका तीज मेला हुने

भैरवस्थान मन्दिरको ठेक्का प्रक्रिया तोडेपछिे आम्दानी तीनगुणाले बृद्धी

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com