Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

प्रौढहरूमा संस्कृतप्रति आकर्षण बढ्दै

  • ७ वर्ष अगाडि

काठमाडौँ, २९ पुस । नेपाली भाषाको जननी भए पनि पछिल्लो समय लुप्तप्रायः बन्न लागेको संस्कृतप्रतिको आकर्षण प्रौढहरूमा बढ्न थालेको छ ।

विद्यार्थीकालमा संस्कृत भाषा पढ्न नचाहनेले पनि व्यावसायिक कामका बेला ज्ञानको आवश्यकता महसुस गर्न थालेपछि यसप्रतिको आकर्षण बढेको हो । विद्यार्थीकालमा संस्कृत पढ्न नचाहेकाहरू पेशाले योग शिक्षकका रूपमा काम गर्न थालेपछि भने भाषा जान्नुपर्ने निष्कर्षमा पुगी संस्कृत संभाषण शिविरमा सहभागी भएका छन् ।

योग दर्शनका धेरै ज्ञान संस्कृत भाषामै रहेकाले शिविर राखिएको पतञ्जलि योग समितिका केन्द्रीय प्रमुख लवदेव मिश्रले जानकारी दिनुभयो । जयतु संस्कृतम् संस्थासँगको सहकार्यमा पुस २३ गतेदेखि १० दिने शिविर आयोजना गरिएको हो । शिविरमा ३३ जनाको सहभागिता छ । सहभागीमध्ये धेरैजना योग शिक्षक हुनुभएको उहाँले जानकारी दिनुभयो । शिविरमा १५ महिला सहभागी छन् ।

चौथो राष्ट्रिय योग दिवसको अवसर पारेर योग शिक्षकलाई ‘पातञ्जल योग दर्शन’ लगायत ग्रन्थमा भएको ज्ञान लिन सहज बनाउने उद्देश्यले पनि कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । संस्कृत भाषाको सामान्य मात्र ज्ञान भएपनि गीता, उपनिषद् लगायत योगका विषयमा चर्चा गरिएका ग्रन्थको अध्ययनका लागि सजिलो हुन्छ ।

विश्वभाषा क्याम्पसमा अङ्ग्रेजी विषय पढाएर सेवा निवृत्त हुनुभएका प्रा गणेश बरालको दिनचर्या पनि हाल संस्कृत भाषाको अध्ययनमै बित्ने गरेको छ । पूर्वीय दर्शनका धेरै विषयको ज्ञान लिन संस्कृत भाषाको सामान्य जानकारी हुनुपर्ने आवश्यकता महसुस गरी आफू शिविरमा सहभागी भएको उहाँले सुनाउनुभयो ।

जयतु संस्कृतम् संस्थाका महासचिव एवं शिविरका प्रशिक्षक डा नवराज कट्टेल १० दिने शिविरले भाषाप्रतिको सामान्य ज्ञान दिनुका साथै थप अध्ययनका लागि लगाव बढाउने बताउनुहुन्छ । थप अध्ययनका लागि स्वअध्ययन अथवा अरु कक्षा आवश्यक पर्ने उहाँले सुनाउनुभयो ।

दिनप्रतिदिन विदेशी भाषाप्रतिको आकर्षण बढे पनि देवभाषाका रूपमा स्थापित संस्कृतप्रति नेपालीको मोह कम हुँदैगएको थियो । जर्मनी, बेलायत, अमेरिकालगायत धेरै देशमा पछिल्लो समय संस्कृत भाषाको अध्यापन गराउने क्रम बढ्न थालेको छ । प्रशिक्षक श्रीराम अधिकारी विश्वव्यापीरूपमा संस्कृतप्रतिको आकर्षण बढ्न थालेपछि ‘ए लेभल’ को पाठ्यक्रम गुरुकुलहरूमै शुरु गरिएको बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पुस्तक समीक्षा : राज्यस्तरबाट योगमायाको मूल्याङ्कन माग

मुटुरोग उपचारको इतिहास र आधिकारिक दस्तावेज

वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमाटन’ अङ्ग्रेजीमा

‘सङ्कलित गद्यरचना’: भाषिका चमत्कार र इतिहासको दस्तावेज

दृश्य र अदृश्य कुराहरु

‘एक बागी’माथि विमर्श

ताजा समाचार

बागलुङमा ११ करोड बेरुजु
बागलुङमा ११ करोड बेरुजु
प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा
प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा
दुई कर्मचारी सम्मानित
दुई कर्मचारी सम्मानित
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री
प्रथम एसईई कप फुटसल प्रतियोगिता
प्रथम एसईई कप फुटसल प्रतियोगिता

ट्रेन्डिङ

प्रथम एसईई कप फुटसल प्रतियोगिता

बागलुङमा ११ करोड बेरुजु

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु – मुख्यमन्त्री

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com