Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

विद्यामन्दिर पुस्तकालयले बाल पुस्तकालन सञ्चालन गर्न सहयोग अभियान चलाउने

  • २ वर्ष अगाडि

बागलुङ , १२ असाेज ।  विद्यामन्दिर पुस्तकालयले बाल पुस्तकालन सञ्चालन गर्न सहयोग अभियान चलाउने भएको छ । आज एक कार्यक्रम गरि अभियान शुभारम्भ गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने भनेर अभियान चलाइरहेको बेला विद्यामन्दिर पुस्तकालयले बाल पुस्तकालयको अवधारणा ल्याएकोमा धन्यवाद दिँदै यस अभियानलाई नगरपालिकाले आफ्नै अभियानको रुपमा सहकार्य र सहयोग गर्ने बताउनुभयो । उहाँले विद्यामन्दिर पुस्तकालयको संस्थागत विकासमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पुस्तक र पुस्तकालयले हरेक उमेर समूहका मानिसलाई ज्ञान विज्ञानसँग जोड्न हुँदा बाल पुस्तकालयसम्म बालिबालिकाको पहुँच पुर्याउन सके देश र समाजले जवाफदेही, बौद्धिक नागरिक पाउने र हरेक क्षेत्रमा पुस्तकालयको महत्व झन बढ्ने बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले बताउनुभयो ।

आफू पुस्तकको नियमित पाठक भएको र दिमागलाई सधैँ ताजा राख्न लामो मेहनतले लेखिएका पुस्तकको नियमित अध्ययनले सहयोग गर्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।

बाल पुस्तकालयको अवधारणाको ज्यादै महत्व भएको र बालबालिकाहरुले स्वतन्त्र पूर्वक अध्ययन, छलफल र आफूलाई रुचिको विषयमा प्रयोगात्मक अभ्यास गर्ने थलोको रुपमा बाल पुस्तकालय हुनु पर्ने विद्यामन्दिर पुस्तकालयका कार्यवहाक प्रधान संरक्षक लालचन्द्र राजभण्डारीले बताउनुभयो ।

बालबालिकाका तर्फबाट बोल्दै संस्कार प्रधानले बाल पुस्तकालयले बालबालिकाको ज्ञानको दायरा बढाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बालबालिकाहरुलाई पाठ्यक्रममा मात्र सीमित पार्न नहुने भन्दै अतिरिक्त ज्ञान र चिन्तनको मार्गमा उनीहरुलाई अग्रसर गराउनुपर्ने बताउनुभयो ।

बाल पुस्तकालयमा ज्ञानसामग्रीहरू, खेलौनाहरू, सूचना प्रविधिका सेवा र सुविधाहरू उपलब्ध गराउने र विभिन्न मनोरञ्जनात्मक, शैक्षिक, सिर्जनात्मक, रचनात्मक, बौद्धिक जागरणको विचार विमर्श सञ्चालन गर्न र स्थानीय संस्कार, कला र संस्कृतिका कार्यक्रमहरू उनीहरुलाई सामेल गराउने र उनीहरूको सुन्दर भविष्य निर्माण गर्न बाल पुस्तकालयले साथ दिने पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’ले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठ र कार्यवाहक प्रधान संरक्षक राजभण्डारीले पुस्तकालयको ‘ब्राण्डिङ लोगो’ सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा बाल पुस्तकालय निर्माणको लागि सहयोग गर्नु हुने चन्दादाता र कोष निर्माताहरुको नाम र रकम घोषणा गरिएको थियो । कार्यक्रममा चार वटा अक्षयकोष घोषणा गरिएको थियो ।

अक्षयकोषसहित बाल पुस्तकालयका लागि अहिलेसम्म झण्डै रु. पाँच लाख संकलन भएको पुस्तकालयले जनाएको छ । कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष थापाको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

ट्रेन्डिङ

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com