Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

काठमाडौंका बाढी पीडितको गुनासोः मेयर बालेनले वास्तै गरेनन्

  • न्युज एजेन्सी नेपाल
  • २ वर्ष अगाडि

काठमाडौँ ,१४ असोज । काठमाडौँका सुकुम्वासी बस्तीका बाढी पीडितहरूले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन् ।

सोमवार बिहान काठमाडौँका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरूले आफूहरूलाई पीडा पर्दा पनि काठमाडौँ महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन् । उनीहरूले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरू केही पनि सहयोग कसैबाट नभएको गुनासो गरे । काठमाडौँ महानगरपालिकाले गरिबलाई उठीबास लगाउने काम मात्रै गरिरहेको उल्लेख गर्दै स्थानीय दलमर्दन कामीले सरकारले आफूहरूको पीडालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भयो । कतैबाट पनि केही सहयोग नआएको अवस्थामा आफूहरूको खाने, बस्ने लगायतका व्यवस्था सरकारले गर्नुपर्ने उहाँको भनाई थियो ।

कामीले भन्नुभयो, ‘अहिले त्यस्तो कसैले सहयोग गरेको अवस्था छैन । काठमाडौँ महानगरपालिकालाई हामीले देख्न पाएका छैनौँ । अर्को कुरा यहाँका वडा समितिले खाना भने खुवाई राखेको अवस्था छ । अरू खासै अहिलेसम्म कुनै सङ्घ, संस्थाहरू, व्यक्तिहरू हामीसँग आधिकारिक रूपमा आएर यसो गरौँ भन्नुभएको छैन । वडा नम्बर ११ ले हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई खाना खुवाउने काम गरेको छ । त्यस बाहेक अरू केही पनि सहयोग आएको अवस्था छैन । यही माथि पुलमा आएर बालेन साहले हे प्रभु यो बस्ती सबै भत्काइदिओस् भनेर कामना गर्नुभयो रे भन्ने पनि सुनियो । यो खालको चरित्र पनि छ । यहाँ सामन्तीहरूलाई कसरी गरिबहरूलाई उठाउ भन्ने भइनै राखेको र त्यसमा पनि फेरी यो बाढी आयो । यस पनि दुख त दियो गरिबहरूलाई । जनताको प्रतिनिधि भनेको सरकार हो । सरकार हाम्रो अभिभावक हो । जनताको अभिभावक हो । सरकार नै यसको प्रमुख भएको हुनाले सरकारले नै यसको व्यवस्थापन गर्नुपर्छ । जहाँसम्म यो सुकुम्वासी बस्तीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय यो सरकारको हातको कुरा हो । सरकार नै जिम्मेवार हुनुपर्छ भन्ने कुरा हो । ’

पीडितहरूले सरकारले सेवा सुविधा दिने कुरा सुनिए पनि हालसम्म नपाएको पनि बताएका छन् । वडाले खाना खुवाउने काम गरेको भए पनि अन्य सुविधा केही पनि नपाउँदा समस्या भएको उनीहरूको भनाई थियो । सरकारले आफूहरूको खाने, बस्ने, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था मिलाए सो सुकुम्वासी बस्ती छोड्न आफूहरू तयार रहेको स्थानीय हरिमाया जिम्बाले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यहाँ बसेको झन्डै २० वर्ष भयो । यस पटकको बाढीले झन्डै बगाइदियो । यो वडाले माथि गुजेश्वरी स्कुल ठुलो छ । सबै जनालाई त्यहाँ लगेर खानाको व्यवस्था छ । अव आर्मी, सशस्त्र प्रहरीहरूले धेरै साथ दिएका छन् । नत्र भने हामी कतिको ज्यान जान्थ्यो होला । यस्तो अवस्थामा सरकार आउनुपर्ने हो । हरेक पत्रपत्रिका मिडियाहरूमा यो वा त्यो भनेको छ । तर सरकारी निकायबाट हामीलाई केही सूचना आएको छैन । बालेन समेत यहाँ आएर के छ त सेवा सुविधा भन्ने बारेमा कुरा गरेको छैन । सरकारी टोली आए हामी पनि सधैँ खोलाको किनारामा बस्ने भन्ने होइन । यस्तो अवस्था वस्तु भनेको हाम्रो बाध्यता हो । हिउँदमा खोलाको गन्ध आउँछ, वर्षा भरी खोलाको डर हुन्छ । हामी बाध्यतावश बसेका हौ । सरकारले गाँस, बास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।’

अविरल वर्षासँगै काठमाडौँ उपत्यकाका खोला किनाराका बस्तीहरूमा पनि ठुलो जनधनको क्षति भएको छ । तर पीडितलाई राहत दिने काममा भने सरकारले कुनै चासो नदिएको पीडितहरूको गुनासो छ । उनीहरूले तत्काल राहतका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com