Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अस्पतालको नराम्रा गतिविधि नसुधारे म कडा कदम चाल्छु – मन्त्री पाठक

  • नेपाल सञ्चार
  • २ वर्ष अगाडि

बागलुङ । बागलुङको धौलागिरी अस्पतालको नराम्रा गतिविधि नसुधारे कडा कदम चाल्ने गण्डकि प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले बताउनुभएकाे छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो ।

‘धौलागिरी अस्पताको बारेमा मलाई सेकेण्ड–सेकेण्डमा सूचना प्राप्त भइरहेको छ, यहाँको बेथिति बारे तीन दिन बोलेरपनि पुग्दैन, मेरो डाइरीपनि लेखेर भरिएको छ ।’ उहाँले भन्नुभयाे–‘मैले समस्या समाधान गर्न निर्देशन दिएको छु, अझैपनि समाधान भएन भने म कडा कदम चाल्छु ।
मन्त्री पाठकले के कदम चाल्ने भन्ने खुलाउनु भएकाे छैन आफुले चाल्ने कदम अन्तिम हुने बताउनुभयाे ।

‘मैले उहाँहरुलाई पटक–पटक भनेको छु, दशैँको समयमा तलब रोकियो भनेर दिन पत्रचारपनि गरेको छु, त्यहाँको बेथिति बारे मलाई सेकेण्ड–सेकेण्डमा खबर आइरहन्छ ।’ उहाँले भन्नुभयाे–‘सुन्दापनि झोँक चलेर आउँछ, बेथिति रोक्न मैले कडा कदम चाल्छ त्यो मेरो तर्फबाट अन्तिम कदम हुन्छ ।’

अस्पतालमा विशेषज्ञ डाक्टरहरु भएरपनि सेवा नदिने, भीडियो एक्सरेकालागि आएका बिरामीले १० दिनपछि पालो पाउने, अन्य रोगको बिरामीलाई गर्भवती भनिदिने जस्ता समस्या भएको गुनासो आएपछि सेवाको गुणस्तरीयता बनाउन पटक पटक भनिएको तर नमानेमा कदम चाल्ने उहाँको भनाई छ ।

उहाँले गण्डकी प्रदेशका चार वटा अस्पतालमा ट्रमा सेन्टर स्थापना गरेर संचालनमा ल्याउने बताउनु भएकाे छ । धौलागिरी अस्पताल, दमौली, गोरखा र नवलपुरको मध्यबिन्दु अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्ने बताउनुभयाे ।

राजमार्गमा हुने दुर्घटनाका बिरामीको उपचारकालागि तत्काल न्युनतम ती अस्पतालहरुमा ट्रमा चाहिएको उहाँको भनाई छ । त्यस बाहेक प्रदेश भित्रका सबै अस्पतालमा बिरामीले अत्यावस्यक उपचार पाउने व्यवस्थापन गर्ने र पछिल्लो समय स्वास्थ्य क्षेत्रमा देखिएको बेथिती अन्त्य गर्ने बताउनु भएकाे छ ।

उहाँले प्रदेशभित्र चाहिने मेडिकल जनशक्ती प्रदेश स्तरमै उत्पादन गर्ने बताउनुभयाे । त्यसकालागि हाल पोखरामा भएका अस्पतालबाहेक धौलागिरी अस्पतालमा मेडिकल कलेजको काम थालेर दक्ष जशशक्ती उत्पादन गर्ने बताउनुभयाे  ।

प्रदेश सरकारको बजेट अभाव भएमा गैरसरकारी संस्थाको बजेट समेत ल्याएर ती कामसहित १ सय सुधारका योजना पुरा गर्ने पाठकले सुनाउनुभयाे । ‘मैले अल्पकालिन ४०, मध्यकालिन ५० र दीर्घकालीन १० वटा योजना बनाएर सार्वजनिक गरिसकेको छु’ पाठकले भन्नुभयाे, ‘नसकिने काम सूचिमा छैनन् ।’

कार्यक्रममा एमालेका अध्यक्ष हिराबहादुृर केसीले मन्त्री पाठकको कार्यकालमा केही परिणाम आउनुपर्ने बताउनुभयाे । ‘हामीले प्रतिवद्धता धेरै गरिसकेका छौँँ अब परिणाम आउनु पर्छ’ केसीले भन्नुभयाे, ‘उहाँले दिने परिणामबाट गण्डकीबासीले गर्व गर्न पाउनु पर्छ ।’

प्रेस चौतारीका अध्यक्ष सिर्जना पन्तको अध्यक्षता, सचिव अर्जुन कार्कीको संचालन र उपाध्यक्ष खेमराज गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com