Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा ३२ हजार जनशक्ति आवश्यक: स्वास्थ्यमन्त्री पौडेल

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

संगम घर्ति मगर

बागलुङ, ४ मंसिर स्वास्थ्यमन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रमा ३२ हजार जनशक्ति आवश्यक रहेको बताएका छन्।

मंगलबार बागलुङको काठेखोला—६ बिहुँमा बिहुँकोट आधारभूत अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले स्रोतको अभावले जनशक्ति पूर्ति गर्न नसकिएको बताए। ‘अहिले पनि स्वास्थ्य मन्त्रालयका लागि ३२ हजार चिकित्सक स्वास्थ्यकर्मीको आवश्यकता छ, स्रोत नभएका कारण त्यो तत्काल सम्भव छैन,’उनले भने,‘मैले कम्तीमा ३२ सय भए पनि व्यवस्थापन गरौँ भनेको छु। अहिले तत्कालका लागि यहाँ दरबन्दी व्यवस्थापन गर्न त सकिँदैन। ३२ सय चिकित्सक स्वास्थ्यकर्मी भर्ना गर्न सक्यौँ भने केहीलाई यहाँ अवश्य पठाउनेछु।’

स्रोत अभावले स्वास्थ्य क्षेत्रमा चाहे जति सुधारको काम गर्न नसकिएको उनले बताए। ‘स्वास्थ्य क्षेत्रको सुधारका लागि हामी निरन्तर लागेका छौँ,’उनले भने, ‘केही सुधार भएका छन्। तर हामीले भने जति सुधार गर्न सकेका छैनौँ। स्रोतको अभावले गर्दा अप्ठ्यारो परिरहेको छ।’ गाउँ गाउँमा निर्माण गरिएका स्वास्थ्य संस्थाहरूलाई उपचारात्मक भन्दा पनि प्रचारात्मक केन्द्रको रुपमा विकास गर्नुपर्ने उनले बताए।

‘स्वास्थ्य राज्यको दायित्व भित्र पर्छ, उपचार गर्न नसक्ने नागरिकको उपचार राज्यले निःशुल्क गर्नुपर्छ,’उनले भने,‘तर पछिल्लो समय जसरी स्वास्थ्य क्षेत्रमा समस्या देखिएको छ। सरकारले त्यसको खर्च व्यहोर्न सक्ने अवस्था छैन। त्यसैले पनि गाउँ गाउँमा स्थापना भएको स्वास्थ्य संस्थाहरूलाई बढी भन्दा बढी रोग लागेपछि उपचार गर्ने भन्दा रोग लाग्नै नदिने उपायको बारेमा प्रचार प्रसार गर्ने र नागरिकले सचेत गराउने कार्यमा उपयोग गर्नुपर्छ।’

सातै प्रदेशमा निःशुल्क मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्ने कुरा बजेट अभावमा अगाडि बढाउन नसकिएको उनको भनाई थियो। मन्त्री पौडेलले अस्पतालले प्रदान गर्ने सेवाको आधारमा अस्पतालको वर्गीकरण गर्ने कार्यमा मन्त्रालय लागेको बताए। ‘हामीले अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवाको आधारमा अस्पतालको वर्गीकरण गर्ने कार्यमा लागेका छौँ,’उनी भन्छन्,‘सकेसम्म नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने राज्यको जिम्मेवारी हो।’ बिहुँकोट आधारभूत अस्पताल जस्तै देशभर ४७ वटा अस्पताल भवन निर्माण भएको जानकारी गराउँदै मन्त्री पौडेलले त्यसको उपयोगको विषयमा मन्त्रालयले ध्यान पूर्वक कार्य गरिरहेको बताए।

‘आज मैले यहाँ भवन मात्रै उद्घाटन गरेको छु, अस्पताल बन्नका लागि यहाँ भित्र धेरै कुराहरूको आवश्यकता पर्छ,’उनले भने,‘यस्ता भवनहरु देशभरमा ४७ वटा बनेको हाम्रो रेकर्डमा छ। यसको उपयोगको विषयमा हामीले योजनाबद्ध ढङ्गले लाग्दैछौं।’ बिहुँकोट आधारभूत अस्पतालमा अल्ट्रासाउन्ड, प्रसूति गृहको विकास गर्ने र बर्थिङ सेन्टर तथा प्राथमिक उपचार केन्द्रको रुपमा विकास गर्ने कार्यमा मन्त्रालयले ध्यान दिने बताए। आधारभूत अस्पतालमा पहिले डाक्टर र स्वास्थ्यकर्मी पठाउने र त्यसपछि बिस्तारै उपकरणहरूको व्यवस्थापन गर्दै जाने विषयमा स्वास्थ्य मन्त्रालय लागिरहेको उनले बताए।

सङ्घीयतामा बनेको तीनै तहको सरकार नागरिकको सेवाका लागि बनेकाले आपसी समन्वयमा अगाडि बढ्ने उनले बताए। ‘संविधानले व्यवस्था गरेको तीन तहको सरकार यहाँको नागरिकको सेवाका लागि हो, हामीले आपसी समन्वयमा नागरिकलाई कसरी राम्रो सेवा उपलब्ध गराउने भन्ने विषयमा सहकार्य गर्नुपर्छ,’उनले भने। ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको स्वास्थ्य सेवाका लागि सरकारले ध्यान पु¥याउने उनले बताए। ‘बसाइँ सराईले गर्दा कम जनसंख्या हुँदै गएका गाउँहरूमा निजी क्षेत्रले लगानी गर्दैनन्, उनीहरुले लगानी गर्ने भनेको प्रतिफलका लागि हो,’उनले भने,‘यस्तो ठाउँका नागरिकको स्वास्थ्यका लागि राज्यले सोच्नुपर्छ । त्यसैले हामीले प्राथमिकता साथ काम गरिरहेका छौँ।’

स्वास्थ्य सेवालाई नागरिकले अनुभूत गर्ने गरी सुधार गर्न आफुहरु लागिरहेको उनले उल्लेख गरे। उक्त आधारभूत अस्पतालको भवन शहरी विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ बागलुङ मार्फत ६ करोड १२ लाख ४७ हजार रुपैयाँमा निर्माण भएको काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिए। अध्यक्ष थापाले अस्पताल भवन निर्माण भए पनि नियमित नागरिकलाई स्वास्थ्य सेवा पु¥याउन जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन गरिदिन मन्त्री पौडेलसँग आग्रह समेत गरे। स्वास्थ्यमन्त्री पौडेलले मंगलबार नै गलकोट नगर अस्पतालमा आकस्मिक प्रसूति तथा नवजात शिशु सेवाको शुभारम्भ समेत गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

ताजा समाचार

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com