Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

किरियापुत्री भवन निर्माण

  • नेपाल सञ्चार
  • १ वर्ष अगाडि

बागलुङ, ७ वैशाख । बागलुङ नगरपालिका वडा नं ४ उपल्लाचौरमा सामुदायिक काजकिरिया भवन (किरियापुत्री) निर्माण गरिएको छ ।

उपल्लाचौरमा बढ्दो बजारीकरणलाई लक्षित गरी मृत्युपश्चात् गरिने काजकिरियामा सहयोग पु¥याउने उद्देश्यले किरियापुत्री भवन निर्माण गरिएको हो । उपल्लाचौरमा घर भएका, भाडामा बस्ने र विपन्न गरिव नागरिकलाई काजकिरिया कर्म गर्न सहज होस् भन्ने उद्देश्यले सुविधासम्पन्न काजकिरिया भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष हरिबहादुर जि।सी। ९सन्तोष०ले बताउनुभयो । कुल २३ लाख रुपैयाँमा निर्माण गरिएको भवनमा बास बस्न तीन वटा कोठा, तीन वटा शौचालय र तीन वटा पुजा गर्न सत्तल निर्माण गरिएको छ ।

भवन निर्माणको लागि बागलुङ नगरपालिका वडा नं. ४ को वडा कार्यालयले १ लाख ३६ हजार ७ सय रुपैयाँ बजेट विनियोजित गरेको थियोभने अन्य रकम स्थानीयले संकलन गरेको समितिका अध्यक्ष जि.सी.ले बताउनुभयो । भवन निर्माणको लागि तीन सय ५० जना स्थानीयहरुले आर्थिक सहयोग गरेका छन् ।

भवन गौदीबासी सामुदायिक वन उपभोक्ता समितिको जग्गामा निर्माण गरिएको छ । वि.सं. २०७७ सालमा निर्माण सुरु गरिएको भवन कोरोना भाइरस महामारीको कारण रोकिएर अहिले निर्माण सम्पन्न भएको यस किरियापुत्री भवनको शनिबार बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उद्घाटन गर्नुभयो ।

कुनै पनि नागरिक काजकिरिया गर्नबाट बन्चित नहोस् भन्ने मुख्य उद्देश्य रहेको भन्दै यहाँबाट हिन्दु धार्मिक परम्परा अनुसार काजकिरिया गर्न सकिने अध्यक्ष जि.सी.ले बताउनुभयो । उपल्लाचौरमा नयाँ बस्तीको रुपमा विस्तार भइरहँदा उपल्लो स्थानमा रहेको पुरानो सत्तलमा अरुलाई काजकिरिया गर्न नदिएपछि नयाँ भवन निर्माण गरिएको अध्यक्ष जिसीको भनाई छ । ‘पछिल्लो समय उपल्लाचौरमा भीमापोखरा, धम्जा लगायतका गाउँबाट बसाईसरी नयाँ घर बनाउनेहरु धेरै हुनुहुन्छ,’ अध्यक्ष जिसीले भन्नुभयो,‘माथिल्लो स्थानमा रहेको पुरानो सत्तलमा नयाँहरुलाई प्रयोग गर्न नदिने भन्ने भएपछि हामीले तल नयाँ भवन निर्माण गरिएको हो । गाउँबाट बजार झरेपछि काजकिरिया गर्न पुनः गाउँ जान गाह्रो भएपछि सत्तल निर्माण गरेका हौं ।’

हिन्दुधर्म मान्ने जुनसुकै जातले भवन प्रयोग गर्न सक्ने अध्यक्ष जिसीको भनाई छ । ‘यो भवनमा बागलुङ नगरपालिका–४ उपल्लाचौरका स्थानीय मात्र होइन अन्य ठाउँका नागरिकले पनि प्रयोग गर्न सक्नुहुन्छ । भवनको प्रयोग गरेबापत कुनै शुल्क तिर्नुपर्दैन । तर कसैले व्यवस्थापनको लागि सहयोग गरेमा स्वीकार्ने छौं,’ अध्यक्ष जिसीले भन्नुभयो ।

निर्माण समितिका सचिव रामकाजी भण्डारीले सामुदायिक काजकिरिया भवन संचालनको लागि पाँच लाख रुपैयाँको संचालन कोष बनाउन अभियान सुरुवात गरिउको बताउनुभयो । उहाँले कोषको रकमबाट आउने व्याजले भवनमा प्रयोगको लागि भाँडा र लत्ता कपडा खरिद तथा विद्युत र पानीको शुल्क तिर्न प्रयोग गरिने बताउनुभयो । भवनमा १०, १२ जना बस्न सक्ने गरी निर्माण गरिएको छ ।

हालसम्म ७ जनाले भवनबाट सुविधा लिइसकेको निर्माण समितिका अध्यक्ष जिसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

ताजा समाचार

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण
पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण
रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक
रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक
पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु
पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु
ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु
ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु
बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास
बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

ट्रेन्डिङ

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

ताराखोलाका विद्यार्थीलाई आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सुरु

पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा: समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com