Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सहकारी पीडितहरु पुनःआन्दोलित

  • नेपाल सञ्चार
  • १ हप्ता अगाडि

बागलुङ, ३० कार्तिक । बागलुङका सहकारी पीडितहरु पुनःआन्दोलित भएका छन् । बागलुङ बजारमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचत कर्ता आन्दोलित बनेका छन ।

ढोरपाटन नगरपालिकाका नगरप्रमुख समेत रहेका देवुकमार नेपाली अध्यक्ष एवं संस्थापक रहेको सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएका पीडितहरु आन्दोलित भएका हुन् । इमेज पीडित संघर्ष समितिको आह्वानमा उनीहरुले आईतबार बागलुङ बजारमा नाराबाजी सहित प्रदर्शन गरेका छन् ।

इमेज सहकारी पीडित र देवकुमार नेपालीबीच बचत फिर्ता गर्ने सहमती हुनेक्रममा बीचमा सहकारी माफिया र लुटेराको प्रवेश गरी बचतकर्तालाई दुःख दिने काम भएकोले उनीहरुको भण्डफोर गर्नका लागि आन्दोलित भएको इमेज पीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताए ।

‘देवकुमार नेपालीले आफ्नो चलन अचल सम्पत्तीबाट बचतकर्ताको रकम फिर्ता गर्छु भनेका थिए,’कार्कीले भने,–‘त्यत्रो घर जग्गा कसै न कसैले त लिनप¥यो भन्ने कुरा भयो । त्यही बेलामा बैंकले लिलामको सूचना निकाल्यो । बागलुङ नगरपालिका– ११ रायडाँडाका रामबहादुर केसी र उनकी श्रीमती गोमादेवी केसीले घर जग्गा लिने निधो गरेछन । उनिहरुले अर्को एक जना आफन्तसंग मिलेर लिलाम सकार्ने र बचतकर्ताको पैसा आफुहरुले फिर्ता गर्नेगरी हामीहरुको समेत उपस्थितिमा देवकुमारसंग कागज गरेका थिए । अहिले बचतकर्तालाई रकम फिर्ता गर्ने बेलामा भागेर अमेरिका पुगेका छन् । त्यसका विरुद्धमा हामी आन्दोलित भएका छौं पुर्व सहमती भंग गरेर भाग्नेलाई हामीले त्यसै छाड्ने छैनौँ ।’

झण्डै ७० करोडको सम्पत्ती २२ करोडमा घर जग्गा किनेर बाँकी रकम पीडितलाई फिर्ता दिने गरी सम्झौताको कागज गरे पनि अहिले रकम नदिई दुःख दिएको कार्कीको आरोप छ । ‘रामबहादुर केसी र गोमा केसीले बैंकको लिलामी सकारेपछि बाँकी सम्पत्तीको मूल्य बराबर पीडितलाई फिर्ता गर्ने कागज छ,’उनी भन्छन्,‘७० करोडको सम्पत्ती उनीहरुले २२÷२३ करोडमा लिएका छन् । उनीहरुले रकम फिर्ता गर्ने आशमा हामीले कोरा कागजमा हस्ताक्षर गरेर मिलापत्र गर्न सुरु ग¥यौं । अहिलेसम्म ९३ प्रतिशतले मिलापत्र गरिसक्दा रकम दिनुपर्ने मान्छे भागेर अमेरिका गयो ।’ केसी परिवारले बागलुङ बजारको हल्लनचोकमा रहेको घर जग्गा लिएका हुन ।

बागलुङमा एक हजार ५ सय ७४ जना पीडितले उजुरी गरेकोमा एक हजार चार सय ६९ जनाले मिलापत्र गरिसकेको तर रकम फिर्ता नपाएको उनले बताए । भागेर अमेरिका पुगेपछि मैले बैंकबाट सकारेको हो मैले किन तिर्ने भन्ने गरेको र उल्टो पीडितले बन्द गराएको घरको क्षतिपूर्ति माग गर्दै पीडितलाई मुद्दा लगाउने काम भएको कार्कीले बताए ।
‘पीडितलाई दिनुपर्ने रकम नदिएर अमेरिका भागेपछि हामीले यहाँ घर बन्द गराएका छौं, अहिले घरको क्षतिपूर्ति चाहिन्छ भनेर मुद्दा हाल्ने काम भएको छ,’उनले भने,‘माफियाका कारण पीडितले दुःख माथि झन् दुःख पाउनु परेको छ । माफिलाई कारबाही हुनुपर्छ पीडितले बचत फिर्ता पाउनुपर्छ ।’

यो विषयमा स्वयं देवकुमार नेपालीले रामबहादुर केसीले सहमती अनुसार काम नगरेको भन्दै सरकारी वकिल कार्यालयमा दिएको निवेदन तामेलीमा राखिएको उनले बताए । ‘रामबहादुर र उसको श्रीमतीले गरेको बदमासी बारेमा देवकुमार नेपालीले नै सहमती पत्रको कपी सहित सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन्, त्यसलाई अगाडि बढाउने काम भएको छैन । सहकारी माफियाको प्रभावमा काम अगाडि नबढेको हो भने हामी अझ सशक्त आन्दोलनमा उत्रन्छौं,’उनले भने ।
माफियाले दिएको पीडाका कारण अहिलेसम्म चार जना बचतकर्ताहरुले ज्यान गुमाउनु परेको उनले बताए ।

झण्डै एक करोड बढी बचत गर्नुभएको तनबहादुर कार्कीको हृदयघातले मृत्यु भयो, जीवनभर हुलाकी गरेका कर्णबहादुर कार्कीको यही दुःखले ज्यान गयो,’ उनले भने,‘मिनाकुमारी रेग्मीले पैसा नपाउँदा औषधी गर्न सक्नुभएन र जितबहादुर किसानको रकम फिर्ता आउने आशै आशमा हृदयघात भएर ज्यान गयो । माफियाहरु यसरी ज्यानमारा भएका छन् कार्कीले भने’ ।
पीडितहरुले नाराबाजी सहित बागलुङ बजार परिक्रमा गरेका थिए । सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर, सहकारी लुटेरा मुर्दावाद, सहकारी माफिया मुर्दावाद, सहकारीको सम्पत्ती खाने माफियाहरु होसियार, घुसखोरी कर्मचारी मुर्दावाद लगायतका नारा लगाउँदै उनीहरुले बागलुङ बजारको परिक्रमा गरेका थिए । सहकारी ठगीमा पूर्वपक्षका लागि थुनामा रहेका ढोरपाटन नगरप्रमुख देवकुमार नेपाली विरुद्ध सम्पत्ती सुद्धीकरणको समेत मुद्दा थपिएपछि अहिले झन् अन्यौल बढेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय बागलुङ नेपाली विरुद्ध एक अर्ब ५८ करोड बिगो दाबी गर्दै सम्पत्ती सुद्धीकरणको मुद्दा दायर गरेको छ । देवकुमार पत्नी छेला नेपाली विरुद्ध ६ करोड ९८ लाख मागदाबी गरिएको मुद्दा परेको छ । प्रहरीले पहिले नै सम्पत्ती सुद्धीकरण मुद्दा चलाउन सुझाए पनि राजनीतिक पहुँचको आडमा सम्पत्ती सुद्धीकरणको मुद्दा अगाडि बढेको थिएन । जेन्जी आन्दोलनले नयाँ सरकार गठनपछि गत असोज २३ गते नेपाली दम्पत्ती विरुद्ध सम्पत्ती सुद्धीकरणको मुद्दा चलाईएको हो ।
सहकारी ठगी छानबिन प्रतिवेदन र प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीन वटै मुद्दा चलाउन सिफारिस गरिएको भएपनि यसअघि सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएको थियो । सहकारीको रकम ठगी गरी २०८० जेठ ४ गतेदेखि फरार भएका नेपाली एक वर्षपछि २०८१ असोज ११ गते भारतमा पक्राउ परेका थिए । नेपाली विरुद्ध बागलुङ जिल्ला अदालतमा अर्ब ३३ करोड बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो । यस बाहेक इमेज सहकारी मार्फत नै पोखरा र सूर्यदर्शन सहकारीमा समेत ठगी गरेको मुद्दा कास्कीमा परेको छ । देवकुमार नेपाली अहिले पुर्पक्षका लागि थुनामा छन् भने उनको श्रीमती छेला नेपाली अहिले पनि फरार छिन् । नेपालीले १ लाख भन्दा तलको रकम केही समय पहिले फिर्ता गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

पुसमा हुने आठौँ  बागलुङ महोत्सवको तयारी तीव्र

राष्ट्रिय कर दिवसको अवसरमा चार जना सम्मानित

पत्रकार पर्तेलमाथि भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ, बागलुङको आपत्ति

प्रयोगशाला निर्माणका लागि बागलुङ समाज जापानको तेह्र लाख सहयोग

सहकारी पीडितहरु पुनःआन्दोलित

महायज्ञमा नौँ करोड रुपैँया भन्दा बढि संकलन

ताजा समाचार

पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित
पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित
विद्यार्थीको लागि मानसिक तथा मनोसामाजिक अभिमुखीकरण
विद्यार्थीको लागि मानसिक तथा मनोसामाजिक अभिमुखीकरण
पुसमा हुने आठौँ  बागलुङ महोत्सवको तयारी तीव्र
पुसमा हुने आठौँ  बागलुङ महोत्सवको तयारी तीव्र
राष्ट्रिय कर दिवसको अवसरमा चार जना सम्मानित
राष्ट्रिय कर दिवसको अवसरमा चार जना सम्मानित
पत्रकार  पर्तेलमाथि भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ, बागलुङको आपत्ति
पत्रकार पर्तेलमाथि भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ, बागलुङको आपत्ति

ट्रेन्डिङ

पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित

विद्यार्थीको लागि मानसिक तथा मनोसामाजिक अभिमुखीकरण

पत्रकार प्रतेलमाथि अभद्र व्यवहार

पुसमा हुने आठौँ  बागलुङ महोत्सवको तयारी तीव्र

पत्रकार पर्तेलमाथि भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ, बागलुङको आपत्ति

राष्ट्रिय कर दिवसको अवसरमा चार जना सम्मानित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com